सिरियाली राष्ट्रपति असद परिवारसहित रुसको शरणमा, मस्कोबाटै विद्रोहीसँग वार्ताको प्रयास
काठमाडौं । इस्लामिक विद्रोहीहरुले राजधानी दमास्कस कब्जामा लिएको घोषणा गर्नासाथ सिरियाली राष्ट्रपति बशर अल असद सरण लिन रुसको राजधानी मस्को पुगेका छन् । रुसी सरकारी समाचार एजेन्सीहरुका अनुसार असद सिरियाबाट भाग्नासाथ मस्को आइपुगेको र असदको परिवारलाई शरण दिइएको छ ।
रुसी सरकारी एजेन्सीहरुले भनेका छन्, ‘असद र उनको परिवारलाई मस्कोमा राजनीतिक शरण दिइएको छ ।’ साथै रुसले सिरियाली नागरिकको हित र रुससँगको द्विदेशीय सम्बन्ध विकासका लागि वार्ता जारी राखिनु पर्ने सुझाव दिएको छ ।
आरआईए नोवोस्ती समानार एजेन्सीले क्रेमलिन सिरियाली विद्रोही नेताहरुको सम्पर्कमा रहेको र उनीहरुले सिरियास्थित रुसी सैन्य अड्डा तथा कुटनीतिक प्रतिष्ठानहरुलाई सुरक्षा ग्यारेन्टी गरेको रिपोर्ट प्रसारित गरेको बीबीसीले उल्लेख गरेको छ । क्रेमलिनको एक गोप्य शुत्रको हवाला दिंदै एजेन्सीले भनको छ, ‘रुसले सदैव सिरिया संकटमा राजनीतिक समाधानको खोजी र आह्वान गर्र्दै आएको छ । अहिले पनि सिरियाले संवादका माध्यमले समस्या समाधान गर्ने विश्वास रुसले लिएको छ ।’
सिरियाली विद्रोही समूह एचटीएस राजधानी छिर्नासाथ असद भागेको र त्यसअघि विद्रोही नेता अबु मोहम्मद अल जौलानीले दमास्कस मस्जिदमा उत्साही भीडलाई सम्बोधन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरण जोगाउनेलाई विराटनगरको सम्मान
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण