लय पक्डिंदै चेल्सी, अवे मैदानमा पनि गोलमाथि गोल
सोमबार, २४ मङ्सिर २०८१, ०१ : ३६
काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा चेल्सीले लय पक्डिएको छ । टोटनह्याम हट्स्परको घरेलु मैदानमा ४-३ को संघर्ष जित निकालेको चेल्सी अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने शीर्ष स्थानको लिभरपुलसँग अंक दुरी कम गरेको छ । यद्यपि, लिभरपुलले एक खेल कम खेलेको छ ।
प्रिमियर लिगका अन्य खेलमा बर्नमथले इप्सविच टाउनलाई २-१ ले हराउँदा फुलहम र आर्सनलले १-१ को बराबरी गर्दै अंक बाँडे । आर्सनललाई यो बराबरीले निकै धक्का पुगेको छ । एकातिर शीर्षस्थानको लिभरपुलसँग अंक दुरी कम गर्ने अवसर गुम्यो भने अर्कोतर्फ चेल्सीले उछिनेको छ ।
यस्तै, लेस्टर सिटी र ब्राइटनले समेत २-२ को बराबरी गर्दै अंक बाँडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण