लय पक्डिंदै चेल्सी, अवे मैदानमा पनि गोलमाथि गोल
सोमबार, २४ मङ्सिर २०८१, ०१ : ३६
काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा चेल्सीले लय पक्डिएको छ । टोटनह्याम हट्स्परको घरेलु मैदानमा ४-३ को संघर्ष जित निकालेको चेल्सी अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने शीर्ष स्थानको लिभरपुलसँग अंक दुरी कम गरेको छ । यद्यपि, लिभरपुलले एक खेल कम खेलेको छ ।
प्रिमियर लिगका अन्य खेलमा बर्नमथले इप्सविच टाउनलाई २-१ ले हराउँदा फुलहम र आर्सनलले १-१ को बराबरी गर्दै अंक बाँडे । आर्सनललाई यो बराबरीले निकै धक्का पुगेको छ । एकातिर शीर्षस्थानको लिभरपुलसँग अंक दुरी कम गर्ने अवसर गुम्यो भने अर्कोतर्फ चेल्सीले उछिनेको छ ।
यस्तै, लेस्टर सिटी र ब्राइटनले समेत २-२ को बराबरी गर्दै अंक बाँडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अपहरण मुद्दामा फरार भारतीय युवक पक्राउ
-
ढिला गरी सुरु भएको जय ट्रफी फाइनलमा भुर्तेलको अर्धशतक
-
एपीएफले सजिलै हरायो कर्णालीलाई
-
संविधान संशोधनका लागि मोर्चाबन्दीको कसरतमा मधेसवादी दल
-
चन्द्रागिरिमा युवतीमाथि चक्कु प्रहार : आरोपीको बयान– विदेशबाट पैसा पठाउँथे, अहिले चिन्दिनँ भनिन्
-
कान सफा गर्दा ध्यान दिनुपर्ने कुरा