लोकतन्त्रलाई सिध्याउन निरङ्कुश प्रवृत्तिहरु बढ्दै गइरहेका छन्ः महासचिव गुरुङ
काठमाडौँ । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले लोकतन्त्रलाई सिध्याउन मुलुकमा निरङ्कुश प्रवृत्तिहरु बढ्दै गइरहेको बताएका छन् ।
सोमवार नेपाल राष्ट्रिय कर्मचारी महासङ्घको १८ औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव गुरुङले वर्तमान प्रणालीलाई सिध्याउँदै मुलुकलाई अस्थिरतातर्फ धकेल्ने खेलहरु भइरहेको बताएका हुन्। उनले विश्व भूराजनीतिक परिस्थितिहरुले गर्दा मुलुकको राष्ट्रियतामा गम्भिर संकट पैदा भएको उल्लेख गर्दै उक्त संकट मोचनको लागि कर्मचारी संगठनले दृढतापुर्वक राष्ट्रियता र स्वाधिनताको पक्षमा उभिएर काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।
भ्रष्टाचारी, घुसखोरी जस्ता बेथितिका कारणले गर्दा मुलुक टाट पल्टिने दिशातर्फ उन्मुख रहेको उनको भनाइ छ । आर्थिक संकट पैदागरी मुलुकलाई विमुख तुल्याउने र राष्ट्रिय अस्मितालाई समाप्त पार्ने क्रियाकलापहरु भइरहेको भन्दै उनले यसो हुन नदिन र मुलुकमा सुशासन कायम गर्न निरन्तर खबरदारी गर्नु जरुरी रहेको उल्लेख गरे ।
मुलुकमा गम्भिर आर्थिक, राजनीतिक र सामाजिक संकट पैदा भएको उल्लेख गर्दै उनले मुलुकको संकट मोचन गर्न कम्युनिष्ट विचार बोकेका नेता र पार्टीहरु एकढिक्का भएर जानुको विकल्प नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कवाडी बोकेका १० ट्रक सशस्त्र प्रहरीकाे नियन्त्रणमा
-
मुहर्रम पर्वका बेला नक्कली हतियार देखाएर आतङ्क फैलाउने युवक पक्राउ
-
दोस्रो संस्करणको इन्डियन एम्बासेडर्स क्रिकेट सफलतापूर्वक सम्पन्न
-
कसरी उठ्यो अफ्रिका ? किन चुक्यो एसिया ?
-
३८ जना नेता–कार्यकर्ताले छाडे नेकपा (माओवादी)
-
अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण