रविलाई गरिएको व्यवहारबारे आयोगले थाल्यो प्रहरी अधिकारीमाथि अनुसन्धान
काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको विषयमा प्रहरी उच्चअधिकारीहरुसँग जानकारी लिँदै अनुसन्धान थालेको छ। आयोगका प्रवक्ता टिकाराम पोखरेलका अनुसार सहकारी प्रकरणमा अनुसन्धानको क्रममा हिरासतमा रहेका पूर्व गृहमन्त्री लामिछानेलाई चितवनबाट मध्यरातमा कास्की लैजाने क्रममा प्रहरी महानिरीक्षकको आदेशले अमानवीय व्यवहार गरी मानव अधिकार हनन् गरिएको उजुरीमा विषयमा अनुसन्धान सुरु गरेको हो ।
‘घटनाबारे आयोगको केन्द्रीय कार्यालयमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङ सहितको प्रहरी उच्च अधिकारीहरुसँग आज आयोगले थप जानकारी लिएको छ’ आयोगका प्रवक्ता पोखरेलले भने– ‘जानकारी लिने क्रममा आयोगका सदस्य मनोज दुवाडीले कानुनी शासनको प्रत्याभूति सहित स्वच्छ पुर्पक्षको अधिकार र बन्दीका आधारभूत मानव अधिकारलाई सम्मान तथा संरक्षण गर्दै निष्पक्ष र स्वतन्त्र अनुसन्धान हुनुपर्नेमा आयोगको चासो रहेको बताउनुभयो । ’
यस सम्बन्धमा निष्कर्षमा पुग्न प्रहरी महानिरीक्षक वसन्त कुँवरसँग समेत थप बुझ्नुपर्ने भएकाले आयोगले अनुसन्धानलाई निरन्तर जारी राखेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अफ सिजनमा गुलजार नेपाली पर्यटन : भारतीय पर्यटक तान्न केले गर्यो काम ?
-
नेदरल्यान्ड्स र मोरक्कोबिचको पहिलो हाफ गोलरहित बराबरी
-
खडेरीले बागलुङमा रोपाइँ प्रभावितः मध्य असारसम्म ३८ प्रतिशत
-
जननेता मदन भण्डारीलाई सम्झँदा
-
हेटौँडा उपमहानगरको उपलब्धि : ४ वर्षमा १० किलोमिटर कालोपत्र सडक
-
नेदरल्यान्ड्स र मोरक्कोबिच प्रतिस्पर्धा सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण