वायु गुणस्तर निगरानीका लागि काठमाडौँमा उपकरणहरू जडानको सुरुवात
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्र वायु गुणस्तर निगरानीका लागि उपकरणहरू जडानको सुरुवात गरेको छ । काठमाडौँ महानगरले पार्टनरसिप फर हेल्दी सिटिजको सहकार्यमा वायु गुणस्तर निगरानी उपकरणहरू जडान गर्ने कार्यको शुभारम्भ गरेको हो ।
_YnlYQAbIJS.jpg)
उक्त कार्यको सोमबार महानगरकी उपमेयर सुनिता डंगोलले उद्घाटन गरेकी हुन् । “स्वच्छ र सफा महानगर अनि स्वस्थ महानगरवासी” को उद्देश्यलाई आत्मसात गर्दै काठमाडौँ महानगरले वायु प्रदूषण नियन्त्रण र वातावरणीय सुधारका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । “वायु गुणस्तर व्यवस्थापन कार्ययोजना २०७६” अन्तर्गत स्थानीय तहलाई दिइएको जिम्मेवारीप्रति महानगर सधैँ प्रतिबद्ध रहेको जनाइएको छ ।
_UJzFZ2IxZg.jpg)
पार्टनरसिप फर हेल्दी सिटिज नसर्ने रोगहरू र चोटपटक रोक्न प्रतिबद्ध नगरहरूको विश्वव्यापी सञ्जाल हो । जसमा ७४ सहरहरू सामेल छन् । काठमाडौँ महानगर पनि यसको सदस्य नगर हो ।
काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईले वायु प्रदूषणविरुद्ध लड्न महानगरपालिका प्रतिबद्ध रहेको बताइन् । उनले महानगरले छिट्टै सवारी साधन प्रदूषण जाँच कार्यको थालनी गर्ने तयारी रहेको बताइन् ।
उपमेयर डंगोलले वास्तविक समयको डेटा प्रयोग गरी सूचित नीतिहरू बनाउन र स्वस्थ वातावरण सुनिश्चित गर्न महानगर प्रतिबद्ध रहेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण