माओवादी केन्द्रले आज भरतपुरमा खबरदारी सभा गर्दै
मङ्गलबार, २५ मङ्सिर २०८१, ०७ : ३२
भरतपुर । नेकपा (माओवादी केन्द्र)ले आज भरतपुरमा विशाल खबरदारी सभा गर्दै छ । बेथिति भ्रष्टाचार महँगी र सरकारको जनविरोधी कदमका विरुद्ध खबरदारी सभा गर्न लागिएको पार्टीले जनाएको छ ।
खबरदारी सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
नेकपा माओवादी केन्द्र भरतपुर महानगर समितिको आयोजनामा हुन लागेको खबरदारी सभामा महानगरका २९ वडाबाट आउने विशाल जुलुस भरतपुरको २४ कोटीमा भेला हुने कार्यक्रम तय गरिएको महानगर समितिका अध्यक्ष ईश्वर सापकोटा सुमनले बताए ।
खबरदारी सभामा दिउँसो १२:३० बजे अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण