स्थानीय उत्पादन बजारीकरण गर्न कोसेली घर कार्यक्रम
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ३२ वटै वडामा भएका स्थानीय उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले कोसेली घर कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
‘एक वडा, एक नमूना’ कार्यक्रमअन्तर्गत ३२ वटै वडामा उत्पादन भएका फरक–फरक उत्पादनका आधारमा उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको महानगरपालिकाका सामाजिक विकास विभाग प्रमुख समीक्षा निरौलालाले जानकारी दिइन् । प्रत्येक वडामा उत्पादन भएका सामग्रीलाई कोसेली घरमा जम्मा गर्ने र सोहीमार्फत बिक्री गर्नेगरी उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको हो । यसका लागि महानगरपालिकाले चालु आर्थिक वर्षका लागि रु पाँच लाख विनियोजना गरेको छ ।
स्थानीय स्रोतसाधनलाई परिचालन गरेर उत्पादन गर्न सकिने सामग्री गुन्द्रुक, सिन्की, मकै, विभिन्न प्रकारका अचार र काष्ठकलाबाट बनेका सामग्री कोसेली घरमार्फत बिक्रीका लागि राख्ने तयारी छ । यसका लागि अहिले ‘कोसेली घर सञ्चालन कार्यविधि’ निर्माणको चरणमा छ ।
बैंकमार्फत निःशुल्क कपडा वितरण
महानगरपालिकाले स्वर्णिम योजनाअन्तर्गत कपडा बैंक सञ्चालन गरी आवश्यक पर्नेलाई निःशुल्क वितरण गर्ने भएको छ । यसका लागि कार्यविधि तयार गर्ने काम भइरहेको छ । आगामी पुसभित्र कार्यविधि तयार गरिने र त्यसलगत्तै कपडा बैंक सञ्चालनमा ल्याउने तयारी छ ।
प्रमुख निरौलालाका अनुसार ३२ वटै वडामा कम्तीमा एक–एक कपडा सङ्कलन केन्द्र राखिने छ । वडामा सङ्कलन भएको कपडाका लागि महानगरपालिकाले मर्मत केन्द्र तयार गर्नेछ । त्यस केन्द्रमार्फत जम्मा भएको कपडाको छनोट हुने र मर्मतपछि पनि प्रयोग गर्न नमिल्लेलाई महानगरपालिकाले सिरक, डसना बनाउने छभने सामान्य मर्मत वा मर्मत नै नगरी प्रयोग गर्न सकिनेलाई सोहीअनुसार प्याकिङ र वितरण गर्ने तयारी रहेको प्रमुख निरौलाले बताइन् ।
यसरी तयार गरिएको सामग्री महानगरपालिकाले आवश्यक भएको व्यक्तिलाई निःशुल्क वितरण गर्नेछ । कपडा बैंक सञ्चालनमा प्रयोगविहीन कपडाको प्रयोग बढ्नुका साथै कपडाजन्य वस्तुबाट हुने वातावरण प्रदूषणमा कमी आउने विश्वास गरिएको छ ।
कार्यविधि बन्ने चरणमा रहेकाले वितरणका लागि कति स्थान तय गर्ने भन्ने विषय अहिले नै यकिन नभएको उनले जानकारी दिइन् । यस कार्यक्रमका लागि महानगरपालिकाले चालु आर्थिक वर्षमा रु ५० लाख विनियोजन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण