गौर बानेश्वर महादेव मन्दिरबारे पुरातात्त्विक टोलीद्वारा अध्ययन सुरु
रौतहट । रौतहटको सदरमुकाम गौर नगरपालिका २ स्थित बानेश्वर महादेव मन्दिर बारे पुरातत्त्व विभागको टोलीले अध्ययन अनुसन्धान सुरु गरेको छ।गौर २ महादेवपट्टी गाउँ देखि पश्चिम स्थित एतिहासिक वाणेश्वर महादेव मन्दिरको पुरातात्त्विक विभागको टोलीले अध्ययन अनुसन्धान सुरु गरेको हो।
गौरका नगरप्रमुख शम्भु साहको विशेष पहलबाट पुरातात्त्विक विभाग काठमाडौँबाट वरिष्ठ पुरातात्त्विक विद् देवेन्द्रनाथ तिवारी, सहायक पुरातात्त्विक हरि भुसाल, भरत साह पुरातात्त्विक विद्यार्थीहरू सहितको टोलीले मङ्गलवारदेखि वाणेश्वर महादेव मन्दिरमा रहेको शिवलिंग र मन्दिर वरिपरिका पुराना अवशेषहरूबारे अध्ययन सुरु गरेका हुन् ।
टोलीले केही दिन भित्रै मन्दिरको पश्चिम तर्फ उत्खनन गरेर उक्त मन्दिर कहिले निर्माण गरिएको हो । मन्दिर कुन शताब्दीको हो भन्नेबारे पहिचान गराई राष्ट्रिय पुरातात्त्विक महत्वको सूचीमा लिपिबद्ध गराएर संरक्षण गरिने नगरप्रमुख साहले बताएका छन्।
तत्कालीन सिम्रौनगढका राजा हरि सिंह देव (सेवइ सिंह)को समयका गौरमा वाणेश्वर महादेव मन्दिर, सुवर्ण माई मन्दिर र शिवालय मन्दिर निर्माण गरिएको अनुमान रहेको मेयर शम्भु साहले जानकारी दिएका छन्। १३ औँ शताब्दीमा निर्माण गरिएको सम्पदाहरूको संरक्षण एवं सम्बद्र्धन गर्ने नेपाल सरकारको दायित्व भएको हुँदा पहल गरिएको मेयर साहको भनाई छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यविनायकमा बालमैत्री स्थानीय शासनयुक्त घोषणा अभियान सुरु
-
गण्डकीका ९० प्रतिशत एमाले नेता–कार्यकर्ता पार्टी पुनर्गठनको पक्षमा
-
बजेटभित्रको विभेदमाथि कर्णालीका सांसदले गीत र उखान–टुक्कामार्फत यसरी पोखे असन्तुष्टि
-
अङ्गालोमा बेरिएर खुसी साट्दै नवनिर्वाचित पदाधिकारी, तस्बिरहरू
-
नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन
-
न्यायिक समाचार सम्प्रेषणमा थप अध्ययन, सावधानी र जिम्मेवारी आवश्यक: प्रधानन्यायाधीश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण