मोटरसाइकल दुर्घटनामा कलाकार हिक्मत महराको निधन
बुधबार, २६ मङ्सिर २०८१, ०९ : ११
काठमाडौँ । कैलालीको गोदावरीमा भएको मोटरसाइकल दुर्घटनामा कलाकार हिक्मत महराको निधन भएको छ । कमेडी च्याम्पियन सिजन २ मा सहभागी भई चर्चामा आएका महराको दुर्घटनामा परी मृत्यु भएको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।
मंगलबार साँझ उनी सवार म २ प ९११७ नम्बरको मोटरसाइकल गोदावरी मन्दिर जाने बाटो नजिक दुर्घटनामा परेका थियो । लगत्तै सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा उपचारको क्रममा उनको निधन भएको हो।
महरा कञ्चनपुरको शुक्लाफाटा नगरपालिका–१ का स्थायी बासिन्दा थिए, तर हाल गोदावरी–४ मा बस्दै आएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण