सिद्धार्थनगरमा ई–रिक्सा नियमन सुरु
बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले अटो ट्याम्पो तथा ई–रिक्सा (तिन पाङग्रे) सवारी साधन व्यवस्थापनको लागि नियमन सुरु गरेको छ । नगरको ट्राफिक व्यवस्थापनमा अटो ट्याम्पो मुख्य चुनौतीको रूपमा देखिएपछि यसलाई व्यवस्थापन गर्न थालिएको हो ।
बिना दर्ता र अव्यवस्थित रूपमा भैरहवा क्षेत्रमा सञ्चालन हुँदै आएका अटो ट्याम्पो तथा इ–रिक्सालाई व्यवस्थित गर्न सिद्धार्थनगर नगरपालिकाले मापदण्ड तयार पारेको थियो । उक्त मापदण्ड अनुसार सिद्धार्थनगर बढीमा ५ सय अटो तथा ई–रिक्सा सञ्चालन गर्न पाउने व्यवस्था छ । त्यसका लागि नगरपालिकाले पटक–पटक सूचना प्रकाशित गरी ४ सय ७३ वटा ई–रिक्सा दर्ता गराएको छ ।
अबदेखि दर्ता भएका ई–रिक्सालाई मात्र नगर भित्र सञ्चालन गर्नका लागि नियमन सुरु भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको सहकार्यमा नियमन अभियान सुरु गरिएको बताइएको छ । यसका लागि नगरपालिकाले नगर प्रहरीलाई खटाएको छ ।
बुधवारदेखि एकहप्ता सम्म नियमन गरिने र त्यसपछि अटेर गर्नेलाई कारबाही प्रक्रिया अगाडि बढाइने सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले जानकारी दिए ।
सिद्धार्थनगर नगर पालिकाका प्रमुख (मेयर) इस्तियाक अहमद खानले नगरमा व्यवस्थित पार्किङ गरी ट्राफिक व्यवस्थापन गर्ने, नगरलाई सौन्दर्यीकरण गर्ने र सही भाडा दर लागु गर्ने उद्देश्यका साथ नियमन सुरु गरिएको बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीकी प्रमुख प्रहरी निरीक्षक रज्जु केसीले अटो ट्याम्पो तथा ई रिक्सासँग सम्बन्धित मापदण्ड पूर्ण रूपमा कार्यान्वयनमा लगिने भएकाले मापदण्ड पुरा गरेर मात्र तिन पाङग्रे सवारी साधन चलाउन आग्रह गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीमा विवाद नभएको सन्देश दिने रवि–बालेनको प्रयास
-
राहुघाट जलविद्युत् आयोजना : सुरुङमा पानी भर्न थालियो
-
लुम्बिनीका विद्युतीय बसः अन्य विमानस्थलमा सेवा सुरु, भैरहवामा भने अझै अलपत्र
-
आँप महोत्सव सम्पन्न : मुख्यमन्त्रीको प्रतिबद्धताले हौसिए किसान
-
एकै विश्वकप दिवसमा डच राजपरिवारका लागि दोहोरो ठुलो सफलता
-
धनगढी उपमहानगरद्वारा २ अर्ब ६४ करोडको बजेट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण