नुवाकोटमा टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

त्रिशूली । यहाँको किस्पाङ गाउँपालिका–१ स्थित भाल्चेबेँसीमा आज टिपरले ठक्कर दिँदा एक पैदलयात्रीको निधन भएको छ । टिपरको ठक्करबाट किस्पाङ–४ साल्मे निवासी टासी घलेको निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए । उनका अनुसार सडक स्तरोन्नतिका लागि निर्माण सामग्री बोकेको टिपरको ठक्करले ४८ वर्षीय घलेको घटनास्थलमै निधन भएको हो ।
ठक्कर दिने बागमती प्रदेश ३–०१–००३ क ७१८७ नंं को टिपरमा स्थानीयले क्षति पुर्याएका छन् । घटनापश्चात् चालक फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाका विषयमा स्थानीयले दोषी चालकलाई पक्राउ गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन दबाब दिँदै शव उठाउन अवरोध पुर्याएका थिए ।
पीडितको मागअनुसार दोषीलाई कारबाही र क्षतिपूर्तिका लागि कानुनअनुसार अघि बढ्ने सहमतिपश्चात् साँझ ८ बजे शव परीक्षणका लागि त्रिशूली अस्पताल पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गायक कुमा सागरलाई गिज्याएको आरोपमा ३ कमेडियनविरुद्ध प्रहरीमा निवेदन
-
कतारमा लेखक अखण्ड भण्डारीको ‘बोरा’ विमोचन
-
कर्णाली नीति उत्सवको औचित्य
-
एकै महिनामा साढे चार हजार गाडी दुर्घटनामा, मोटरसाइकल बढी जोखिममा
-
एकीकृत समाजवादीलाई फुटाएर भए पनि अध्यादेश पास गराउने खेल !
-
एक सय आठ वर्षीया वृद्धाको खुट्टाको सफल शल्यक्रिया