माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित
बिहीबार, २७ मङ्सिर २०८१, १४ : ०९
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ । दिउँसो ३ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भनिएको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताको कारण स्थगित भएको कार्यलयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।
ढकालका अनुसार शुक्रबार(भोलि) बिहान ११ बजे बैठक बस्नेछ । केन्द्रीय समिति बैठकमा पेस हुने एजेण्डा, पछिल्लो राजनीतिक अवस्था लगायत विषयमा छलफल गर्न स्थायी समिति बैठक बोलाइएको थियो ।