कार्यविभाजन र वार्षिक कार्यक्रम तय गर्न एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै
काठमाडौँ । नेताहरूको कार्यविभाजन गर्न एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्दै छ । बिहान ११ बजेपछि पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बैठकले केन्द्रीय नेताहरूको कार्यविभाजन गर्ने पार्टी उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिए । उनका अनुसार अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको कार्यदलले तयार पारेको कार्यविभिाजन प्रस्तावमा छलफल गरेर निर्णय गर्ने तयारी छ ।
गत असारमा दसौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको सो पार्टीले अहिलेसम्म नेताहरूको कार्यविभाजन गर्न सकेको थिएन । जिल्ला र प्रदेश इन्चार्ज, विभाग प्रमुख, आयोग प्रमुखलगायतका विभागीय प्रमुख बन्न नेताहरूमा हानथाप छ । सङ्गठन विभागका लागि नेताहरू राजेन्द्र पाण्डे, बेदुराम भुसाल र घनश्याम भुसालले आकांक्षा राखेका छन् । तीन नेताले एउटै विभाग ताक्दा अध्यक्ष माधवकुमार नेपाललाई निर्णय गर्न कठिन भएको छ । त्यसैगरी विदेश विभाग प्रमुखमा पनि दोहोरो दाबी रहेको बुझिएको छ ।
त्यस्तै नेताहरूको चित्त बुझाउन २४ सदस्यीय स्थायी कमिटीलाई ४१ सदस्यीय बनाउने गृहकार्य भएको छ । आजकै बैठकले विगतमा पोलिटब्युरो भएका १७ नेताहरूलाई स्थायी कमिटी सदस्य नियुक्त गर्ने तयारी भएको छ । तर विधान विपरीत नेताहरूलाई स्थायी कमिटी सदस्य बनाउन लागेको भन्दै नेताहरूले फरकमत राखेका छन् ।
उपमहासचिव राजेन्द्र राईले विधानविपरित स्थायी कमिटी सदस्य संख्या बढाउन लागेको भन्दै बुधबारको बैठकमा फरक राखेका छन् । यस्तै बैठकले पार्टीको वार्षिक कार्यक्रम समेत तय गर्ने तयारी गरेको सचिव सोमप्रसाद पाण्डेले जानकारी दिए । उनका अनुसार नेपाली विशेषताको समाजवादमा पुग्ने लक्ष्यसहितको कार्यक्रम ल्याउने तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब हरेक सोमबार चलचित्रको बक्स अफिस रिपोर्ट सार्वजनिक हुने
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण