काठमाडौँको न्यूनतम तापक्रम २ डिग्रीमा झर्यो, कहाँको कति ?
काठमाडौँ । काठमाडौँको तापक्रम आज यस वर्षकै न्यून बिन्दुमा झरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान ८:४५ बजे काठमाडौँको तापक्रम २ डिग्री सेल्सियसमा झरेको हो ।
यसअघि, काठमाडौँमा शुक्रवार ३.१ डिग्री सेल्सियस र बिहीबार ३.९ डिग्री सेल्सियस तापक्रम थियो । पछिल्लो समय काठमाडौँसहित देशभर तापक्रम घट्ने क्रम जारी छ ।
जुम्ला, जोमसोम र जिरीको तापक्रम यसअघि नै माइनसमा पुगेको छ । आज जुम्लाको न्यूनतम तापक्रम माइनस ७.२ डिग्री सेल्सियस रहेको छ । बिहान ९ बजे पोखरामा ५.६ डिग्री सेल्सियस रहँदा जनकपुरको न्यूनतम तापक्रम भने ८.६ डिग्री सेल्सियस रहेको छ ।
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशभर मौसम सामान्यतया सफा रहेको जनाइएको छ । तराईका केही स्थानमा हुस्सु/कुहिरो लागेको विभागले जानकारी दिएको छ ।
दिउँसो कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जनाइएको छ । राति देशभर मौसम मुख्यतया सफा रहने छ ।
कहाँको तापक्रम कति ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
-
घरपालुवा जनावरको मन बुझ्न ट्यारो कार्डको सहारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण