नेपाल पत्रकार महासङ्घ मोरङको अध्यक्षमा पाठक निर्वाचित
मोरङ । नेपाल पत्रकार महासङ्घ मोरङ शाखाको अध्यक्षमा सुशिला पाठक निर्वाचित भएकी छन् । निर्वाचन समितिद्वारा आज सार्वजनिक गरिएको मत परिणामअनुसार पाठकले एक १७ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नवराज कट्टेलले ५९ मत प्राप्त गरेकी छन् ।
उपाध्यक्षमा सन्तोष सिग्देल, महिला उपाध्यक्षमा तारा आचार्य र बिनु तिम्सिनाले ८२–८२ वराबर मत प्राप्त गरेका छन् । साथै सचिवमा नेत्र पी अधिकारी, सहसचिवमा रेवतीरमण निरौला, सहसचिव समावेशीमा श्यामसुन्दर सुतिहार र कोषाध्यक्षमा कौशल निरौला विजयी भएका छन् ।
महिला सदस्यमा उषाकुमारी सरदार, दलित सदस्यमा तिलक नेपाली, आदिवासी जनजाती सदस्यमा विद्यानन्द चौधरी, मधेशी सदस्यमा सुनिल यादव र अन्य समावेशी सदस्यमा डुमरलाल मेहता, निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । शाखाको खुला सदस्यहरुमा अनुज सापकोटा, ईश्वर दुलाल, कुमार खड्का, बाबुराम निरौला, मुकेशकुमार यादव र रोशन पोखरेल विजयी भएका छन् ।
केन्द्रीय परिषद् सदस्यमा महिलामा चिना थापा, समावेशीमा रुपेन्द्र शेर्मा, खुलातर्फ बिक्रम लुईटेल, सुभाष कार्की र तेजेन्द्र भण्डारी निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मलाई धेरै र व्यावसायिक फिल्म दिनुपर्ने दबाब छैन’
-
कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीको छापा
-
वर्षा र सडक मर्मतका कारण अवरुद्ध छन् यी राजमार्ग
-
लक्ष्मी आचार्यको नयाँ सांगीतिक कोसेली 'लगा लगा जोरका झट्का’ सार्वजनिक
-
भेनेजुएलामा भूकम्प : ९०० भन्दा बढीको मृत्यु, भग्नावशेषबाट तीन दिदीबहिनीको जीवितै उद्धार
-
स्पेन समूह विजेता, केप भर्डे उपविजेता बन्दै पहिलो पटक अन्तिम ३२ मा, उरुग्वे र साउदी बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण