त्रिपालले ढाकिएको जाजरकोट दरबार, तस्बिरमा हेर्नुहोस्
काठमाडौँ । ऐतिहासिक जाजरकोट दरबारलाई वर्षाबाट थप क्षति हुन नदिन त्रिपालले ढाकिएको छ । अघिल्लो वर्ष कात्तिक १७ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त र अत्यन्तै जीर्ण हुन पुगेको ऐतिहासिक जाजरकोट दरबार वर्षाबाट थप क्षति हुन नदिन त्रिपालले ढाकिएको हो ।
विसं १८५२ मा निर्माण गरिएको यो दरबारले तीन पटक भूकम्प सहिसकेको छ । यसअघिका दुई वटा भुईँचालोले दरबारलाई क्षतिग्रस्त बनाएका थिए । दुवै पटक दरबार पुनर्निर्माण गरिएको दरबार यस पटकको भूकम्पले पूर्णरुपमा क्षति पुगेको छ । यस दरबार ऐतिहासिक तथा पुरातात्त्विक हिसाबले निकै महत्त्वपूर्ण छ । यो जाजरकोटको मात्र नभएर पूरै कर्णालीको मुख्य पर्यटकीय गन्तव्य पनि हो ।
जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले यसलाई बलियो ढङ्गले पुनर्निर्माण गर्नेतर्फ सरकारले ध्यान दिनुपर्ने माग राखेको छ । यसको मौलिकता, ऐतिहासिकता र पुरातात्त्विक महत्त्व सुरक्षित हुने गरी पुरानै स्वरूपमा भूकम्पीय जोखिममुक्त तरिका अपनाएर पुनर्निर्माण गर्नुपर्छ । जाजरकोट दरबारलाई सङ्ग्रहालयको रूपमा विकास गर्ने अभियान जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले सुरु गरेको छ । शब्द/तस्बिर : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसी दल छापामार शैलीमा एकजुट भए, छापामार शैलीमा टुक्रिए : अध्यक्ष त्रिपाठी
-
तराईका तीन विमानस्थलको उडान अवरुद्ध
-
दैजी–लिप्ना सडक : सात वर्षमा पाँच किमी सडक कालोपत्र
-
समाजवादी प्रेस संगठनमा विशेष महाधिवेशन माग
-
भारतमा भएको रेल दुर्घटनाप्रति परराष्ट्रमन्त्री राणाद्वारा दुःख व्यक्त
-
पार्टी र नेताहरूको आलोचनाका सवाल