पत्रकार महासङ्घ गण्डकी प्रदेशको अध्यक्षमा रमेश पौडेल निर्वाचित
पोखरा । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशको अध्यक्षमा रमेश पौडेल निर्वाचित भएका छन् । शुक्रवार भएको मतदानबाट निकटतम प्रतिस्पर्धी गोविन्द सुवेदीलाई २२३ मतले पराजित गर्दै रमेश अध्यक्ष निर्वाचित भएका हुन् । रमेश प्रेस चौतारी र प्रेस युनियनको गठबन्धनका उम्मेदवार हुन् भने गोविन्द प्रेस सेन्टर र समाजवादी प्रेस सङ्गठनका उम्मेदवार हुन् । रमेशले ४०१ र गोविन्दले १७८ मत प्राप्त गरे ।
पदाधिकारीमा पनि प्रेस युनियन र प्रेस चौतारीका उम्मेदवारी निर्वाचित भएका छन् । प्रकाश पौडेल ४०२ मत ल्याउँदै उपाध्यक्ष विजयी भए । उनका प्रतिस्पर्धी यदुनाथ बन्जाराले १६४ मत पाए । उपाध्यक्ष (महिला) मा कमला खत्री केसीलाई पराजित गर्दै मायाकुमारी अधिकारी निर्वाचित भइन् । दीपक परियारलाई ११६ मतले पराजित गर्दै जमुनावर्षा शर्मा महासचिव निर्वाचित भइन् ।
समावेशी सचिवमा रोशनी गुरुङ, खुला सचिवमा भविश्वर पाण्डे र कोषाध्यक्षमा रमेश बस्ताकोटी निर्वाचित भए । रोशनीले ४१८ र उनकी प्रतिस्पर्धीले १४५ पाए । खुला सचिव बनेका पाण्डेले ३७८ र ताराप्रसाद शर्माले १७१ मत प्राप्त गरे । कोषाध्यक्षमा रमेशले ३५२ र सागरराज तिमिल्सिनाले २०७ मत पाए । सदस्यमा पनि चौतारी—युनियनको प्यानल निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पद थप्ने होमवर्कमा एमाले, विधान संशोधन गरेर वामदेवलाई वरिष्ठ उपाध्यक्ष !
-
आखेटोपहारसहित दुई जना पक्राउ
-
शिक्षकहरूलाई शिक्षामन्त्रीले भनिन्,– आन्दोलन होइन कक्षामा जानुस्
-
हिमाल जोगाउने अभियानमा सिरिजङ्घा गाउँपालिका
-
१४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
-
कुर्स्कमा युक्रेनविरुद्ध लड्दा हजार उत्तर कोरियाली मारिए