केपी ओलीलाई वर्षमानको चेतावनी: सिसाको घरमा बसेर अरूलाई ढुङ्गा नहान्नुस्
ललितपुर । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले प्रधानमन्त्री केपी ओलीलाई सन्तुलन नगुमाउन आग्रह गरेका छन् । ललितपुरको कोन्ज्योसोममा पार्टीको गाउँपालिका सम्मेलनको शनिबार उद्घाटन गर्दै पुनले प्रधानमन्त्री पदको मर्यादा कायम गर्न संयमित हुन ओलीलाई आग्रह गरेका हुन् ।
ओलीमा असन्तुलन पैदा भएका कारण आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि भ्रष्टाचारीको आरोप लगाएको पुनको भनाइ थियो । ‘प्रधानमन्त्रीको ओहोदामा बसेर ओलीजी असन्तुलित अभिव्यक्ति दिँदै हिँड्नुभएको छ’, पुनले भने, ‘ठुलो पार्टी आफ्नै, सत्ता उहाँकै, प्रहरी उहाँकै, सबै चिज आफ्नो हातमा भएको मान्छे हामीले प्रचार संयन्त्र दुरुपयोग गरेको भन्नुहुन्छ ।’
पुनले थपे, ‘हाम्रो अध्यक्षमाथि ठुलो भ्रष्टाचारीको आरोप लगाएर उहाँले असन्तुलित अभिव्यक्ति दिनुभएको छ, यसको हामी निन्दा गर्छौँ ।’ पुनले गिरीबन्धुसहित आफूमाथि भ्रष्टाचारको आरोप लागेका प्रकरणबारे निष्पक्ष छानबिन गराउन तयार हुन ओलीलाई चुनाैती दिए ।
प्रचण्डले प्रधानमन्त्री भएका बेला आफ्ना पार्टीका नेता, परिवारका मानिस वा आफू स्वयं अनियमितता र राज्य दोहनमा संलग्न भएको भेटिए छानबिन गर्न प्रहरी नेतृत्वलाई खुला रूपमा अपिल गरेको भन्दै उनले त्यस्तो आँट गर्न पनि ओलीलाई चुनौती दिए ।
दायाँबायाँ भ्रष्टाचार, राज्य दोहन र नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका मन्त्रीहरू राखेर ओलीले ‘भ्रष्टाचार गर्दिन र गर्न दिन्न’ भन्ने गफ दिइरहेको भन्दै पुनले जनताले ओलीको कुरा पत्याउन छाडेको बताए । ‘प्रधानमन्त्री, मन्त्री हामी पनि भएका हौँ । राज्य संयन्त्र र प्रहरी चलाएको अनुभव हामीसँग पनि छ । हामी कुनै दिन फेरि पनि चलाउँछौँ’, पुनले भने, ‘प्रतिपक्षी दलका नेतालाई आधारहीन आरोप लगाएर, राज्य सत्ताको दुरुपयोग गरेर ठिक लगाउन सक्छु भन्ने नठाने हुन्छ । किनकि जनताले बुझेको छ । सिसाको घरमा बसेर अरूलाई ढुङ्गा हान्ने काम नगर्नुस् ।’ पुनले सहकारी ठगी प्रकरणमा आफ्नो दल र सत्तारुढ काँग्रेसका नेता जोगाउन ओली लागेको आरोप लगाए ।
यो सरकार गठन भएपछि मुलुकमा भ्रष्टाचार, अनियमितता र राज्य दोहनका लागि मिलेमतो बढेर गएको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण