काठमाडौँसहित विभिन्न स्थानमा ८ जना मृत फेला
शनिबार, २९ मङ्सिर २०८१, १८ : ५५
काठमाडौँ । काठमाडौँसहित देशका विभिन्न स्थानमा ८ जना मृत अवस्थामा फेला परेका छन् ।
- काठमाडौँ महानगरपालिका-८ गौशालाबाट बनकाली जाने बाटोको सडक पेटीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
- लमजुङ, मर्स्याङदी गाउँपालिका-९ लामागाउँमा बेसीशहर नगरपालिका-६ भैयाश्वर बस्ने ६५ वर्षीय सिंह बहादुर रिमाल शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
- नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-१८ पंडितपुरस्थित माछा पोखरीमा सोही ठाउँ बस्ने ३० वर्षीया गिता चौधरी शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।
- चितवन, भरतपुर महानगरपालिका-४ शिवघाटस्थित नारायणी नदीको किनारमा सोही महानगरपालिका-११ बसेनी बस्ने २५ वर्षीय सिदार्थ गुरूङ शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
- मोरङ, पथरीशनिश्चरे नगरपालिका-१ गोस लाइनमा झापा कमल गाउँपालिका-५ बस्ने ४१ वर्षीय राजन कार्की शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१ जरूवाटोलस्थित राप्ती खोलामा सोही उपमहानगरपालिका-१ लालझाडी बस्ने ३६ वर्षीय राज कुमार ब्लोन शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- रामेछाप, खाँडादेवी गाउँपालिका-४ खल्लरीस्थित तामाकोशीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- रोल्पा, लुङ्ग्री गाउँपालिका-६ तल्लो गुम्चाल बस्ने २१ वर्षीय देवेन्द्र बिष्ट सोही गाउँपालिका-७ लखर्केस्थित भिरमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण