महिला यू–१९ एसिया कप क्रिकेट आजदेखि, पहिलो दिन चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्दै
काठमाडौँ । एसीसी यू–१९ महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगितामा आइतबारदेखि मलेसियामा सुरु हुँदै छ । प्रतियोगिताको यो पहिलो संस्करण हो । आठ दिनसम्म चल्ने उक्त प्रतियोगितामा नेपालसहित ६ वटा टोलीको सहभागिता रहेको छ ।
प्रतियोगितामा सहभागी टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा बङ्गलादेश, मलेसिया र श्रीलंका रहेका छन् । नेपाल प्रतियोगिताको समूह ‘बी’ मा छ । चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तानमा पनि नेपालकै समूहमा परेका छन् ।
प्रतियोगिताको पहिलो दिन दुई खेल हुँदै छ । पहिलो खेलमा आयोजक मलेसियाले श्रीलङ्काको सामना गर्दै छ । आइतबारको दोस्रो दिन भारत र चिर प्रतिद्वन्द्वी पाकिस्तानबिच खेलिने छ । नेपालले आफ्नो पहिलो खेल सोमबार खेल्नेछ ।
नेपालको पहिलो खेल पाकिस्तानसँग परेको छ । सोमबारको दोस्रो खेल बङ्गलादेश र श्रीलङ्काबिच खेलिने छ । प्रारम्भिक चरणको खेलपछि दुवै समूहबाट दुई–दुई टोली प्रतियोगिताको ‘सुपर–४’ चरणमा प्रवेश गर्नेछन् ।
प्रतियोगिताका लागि घोषित नेपाली टोलीमा पूजा महतो (कप्तान), सोनी पाख्रिन उपकप्तान, एलिसा कुमारी यादब, साना प्रविन, ज्योत्सनिका मरासिनी, कुसुम गोदार, सावित्रा धामी, कृश्मा गुरुङ, रिया शर्मा, सिमाना केसी, स्नेहा महरा, रचना चौधरी, तृष्ण विक, अनु कडायत र किरण कुमारी कुँवर छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण