जनकपुरधाममा फोटो प्रदर्शनी
सोमबार, ०१ पुस २०८१, ०६ : ५३
धनुषा । ऊर्जा क्षेत्रमा एसियाली विकास बैंक(एडीबी) नेपाल साझेदारीको पाँच दशक विषयक फोटो प्रदर्शनी मधेस प्रदेशको राजधानी जनकपुर धाममा भइरहेको छ । महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा जारी प्रदर्शनीमा ५० तस्बिरहरू छन् ।

प्रदर्शनी अवलोकन गर्न बिहानैदेखि विभिन्न कलेजका विद्यार्थी, सरकारी कर्मचारी, बैंक तथा वित्त संस्थाका कर्मचारी र आम सर्वसाधारणको बाक्लो उपस्थिति थियो । जनकपुर उपमहानगर पालिकाका उपप्रमुख केशरी साह, मधेस प्रदेश सरकारका प्रदेश नीति तथा योजना आयोग जनकपुर धामका उपाध्यक्ष डा. सोहन प्रसाद साह आएका थिए ।
साहले प्रदर्शनी अवलोकन पछि प्रदर्शनीमा राखिएका तस्बिर निकै सन्देशमूलक रहेको प्रतिक्रिया जनाए ।यसले नेपालको ऊर्जा क्षेत्रको विकासमा एडीबीले खेलेको भूमिकालाई स्पष्ट पारेको उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५ केन्द्रीय सदस्यसहित ३३ नेता–कार्यकर्ताद्वारा विप्लव नेतृत्वको माओवादी छाडेको घोषणा
-
स्याङ्जामा जिप दुर्घटना : एक जनाको मृत्यु, २० जना घाइते
-
पार्वती’को रत्यौली गीत ‘नौतुनाको रेलैमा’ नीता र दीपाको छमछमी
-
सीमाविद् श्रेष्ठ भीमसेन थापा पुरस्कारबाट पुरस्कृत
-
सदूरपश्चिम प्रदेश सभा अन्तर्गतका समितिले के-के गरे काम ? विवरण माग्दा तर्किन्छन् सभापति र सचिवालय
-
राजनीतिसँगै कृषि पेसामा षडानन्दका मेयर सुरेन्द्रकुमार, कमाउँछन् वार्षिक ६ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण