सीएनआईवाईईएफको ‘सिनर्जी’ सम्मेलन : युवा उद्यमीलाई दिगो आर्थिक विकासमा अघि बढाउने प्रतिबद्धता
_OiZMqd7EQa.jpg)
काठमाडौँ । नेपाल उद्योग परिसंघ अन्तर्गतको युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) को पहिलो राष्ट्रिय नेतृत्व सम्मेलन ‘सिनर्जी’ सम्पन्न गरेको छ । नेतृत्व र नीतिगत बहसका माध्यमबाट युवा उद्यमीहरूलाई दिगो आर्थिक विकासमा अघि बढाउने प्रतिबद्धता गरिएको छ ।
छलफलमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालको बदलिँदो व्यावसायिक परिवेशलाई सहज बनाउन कुशल नेतृत्व आवश्यक रहेको बताए । उनले युवा उद्यमीहरूको नवप्रवर्तनशील सोच र दृढताले देशको आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए । मुलुकमा उद्यमीहरूका लागि धेरै अवसर रहेको बताउँदै अग्रवालले त्यसको पहिचान गरी अगाडि बढ्न युवा उद्यमीहरूलाई सुझाव दिए । स्पष्ट दृष्टिकोण र योजनाका साथ अगाडि बढ्दा व्यावसायिक जीवनमा सफलता हासिल हुने उनको भनाइ छ ।
परिसंघका निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवालले व्यावसायिक एवं संस्थाको नेतृत्व गर्ने क्रममा विभिन्न चुनौतीहरूको सामना गर्नुपर्ने अनुभव सुनाउँदै सफल हुन दृढतापूर्वक आफ्नो लक्ष्यमा केन्द्रित हुनुपर्ने बताए । विद्यमान अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहे पनि उद्यमीका लागि देशभित्र राम्रो अवसर रहेको बताए ।
परिसंघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज युवा नेतृत्व भविष्यका लागि मात्र नभई परिवर्तनको वर्तमान चालक पनि भएको बताए । उनले व्यवसायमैत्री वातावरण निर्माण गर्न नीतिगत सुधारमा आवश्यक रहेको र परिसंघका त्यसका लागि निरन्तर काम गरिरहेको बताए ।
सीएनआईवाईईएफका अध्यक्ष आशिष अग्रवालले कुशल नेतृत्वकर्ताहरूको अनुभव, भोगाइ र सिकाइ युवा उद्यमीहरूका लागि महत्त्वपूर्ण भएकाले सम्मेलन आयोजना गरिएको बताए ।
सन् २००५ मा स्थापित सीएनआईवाईईएफले उद्यमीहरूको प्रबर्द्धनका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेन युद्ध अन्त्यको पहल समेत साउदीबाटै हुने
-
पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावककै बर्चस्व
-
बुण्डेस लिगामा बायर्न म्युनिख र बायर लिभरकुजेन गोलविहिन
-
ला लिगामा रियाल र एटलेटिको मड्रिड दुबैलाई ठक्कर, बराबरीले घट्यो अंक दुरी
-
प्रिमियर लिग : आर्सनल जित्दा नटिङघमलाई झट्का
-
प्रिमियर लिगमा म्यान्सिटीको फराकिलो जित, उमरले गरे ह्याट्रिक