गोरखाको ९ वटा पालिकामा माओवादी केन्द्रको सम्मेलन सम्पन्न
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गोरखाका ९ वटा पालिकामा सम्मेलन सम्पन्न गरेको छ । ११ पालिकामध्ये २ नगरपालिका र ७ गाउँपालिकाको सम्मेलन सम्पन्न गरेको हो ।
सम्मेलनबाट अधिकांश पालिकामा नयाँ नेतृत्व चयन गरेको माओवादीका जिल्ला इन्चार्ज अमर तमुले जानकारी दिए । तमुका अनुसार गोरखा नगरपालिमा रामहरी केसी, पालुङ्टार नगरपालिकाको अध्यक्षमा मदन देवकोटा निर्वाचित भएका छन् ।
यस्तै सहिद लखन गाउँपालिका अध्यक्षमा ध्रुर्व खनाल, भीमसेन थापा गाउँपालिकामा विनोद पाण्डे निर्वाचित भएको तमुले जानकारी दिए । यसैगरी अजिरकोट गाउँपालिका अध्यक्षमा कृष्णबहादुर गुरुङ, बारपाक सुलिकोट गाउँपालिकामा नरबहादुर गुरुङ, आरुघाट गाउँपालिकामा विष्णुप्रकाश खड्का, गण्डकी गाउँपालिकामा मिलन मगराती, धार्चे गाउँपालिकामा सूर्यवहादुर गुरुङ अध्यक्ष निर्वाचित भएका छन् । सिरानचोक गाउँपालिका र चुमनुव्री गाउँपालिकाको सम्मेलन हुन बाँकी रहेको तमुले जानकारी दिए ।
मंसिरभित्र ७५३ वटै पालिकामा सम्मेलन गरिसक्न पार्टीले निर्देशन दिएपनि स्थानीय तह उपनिर्वाचनको तयारीका कारण अधिकांश स्थानमा सम्मेलन हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण