सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
सुन्दरहरैँचा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विद्यार्थीलाई गुणस्तरीय साथै व्यावहारिक शिक्षा प्रदान गरी दक्ष, सक्षम तथा नैतिकवान नागरिक तयार गर्नु हामी सबैको जिम्मेवारी र दायित्व भएको बताएका छन् ।
मोरङको सुन्दरहरैचा नगरपालिकामा रहेको सुकुना माध्यमिक विद्यालयको ५३ औं वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा आज मुख्यमन्त्री कार्कीले सार्वजनिक शिक्षाको रुपान्तरण, वातावरणमैत्री शैक्षिक संस्थाको निर्माण, गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तार, अनुसन्धान र ज्ञानमा आधारित उच्च शिक्षा दिनुपर्नेमा जोड दिए ।
उनले शैक्षिक विकासका लागि सुकुना माध्यमिक विद्यालयले निर्वाह गरेको भूमिकाको खुलेर प्रशंसा गरे । उनले विद्यालयले कोशी प्रदेश सरकारको शैक्षिक नीति बमोजिम शैक्षिक योजना बनाउँदै गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिए ।
विद्यालयमा हाल चार हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण