वनकट्टा शान्ति सङ्ग्रहालय पालिकालाई हस्तान्तरण
धनगढी । कैलालीको कैलारी गाउँपालिका– ६ वनकट्टामा स्थापना गरिएको डिजिटल शान्ति संग्र्रहालय कैलारी गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।
जर्मन सरकारको केयू आरभीई कूर्भे उइस्ठ्रोको सहयोगमा मानव अधिकारको लागि महिला एकल महिला समूहद्वारा सञ्चालित सामाजिक सद्भावका लागि नागरिक सहभागिता परियोजना अन्तरगत स्थापना गरिएको सङ्ग्रहालय पालिकालाई हस्तान्तरण गरिएको हो ।
भवनसहित ९ लाखको लागतमा सञ्चालनमा आएको सो सङ्ग्रहालय मंगलबार एक कार्यक्रमका बिच परियोजनाका सुदूरपश्चिम प्रदेश अध्यक्ष सुमन शर्माले पालिका अध्यक्ष राजसमझ चौधरीलाई हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा ‘कैलारी गाउँपालिका एकल महिला, द्वन्द्व प्रभावित महिला र सीमान्तकृत महिला गाउँ तथा वडा समूह सञ्चालन सम्बन्धी निर्देशिका २०८१’ र सो शान्ति संग्राहलय कार्यविधि गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।
यसैबिच गाउँपालिका गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले सो शान्ति संग्राहलय इतिहासको रूपमा रहेकाले सञ्चालन तथा व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
परियोजनाकी सुदूरपश्चिम प्रदेश अधिकृत वेद अवस्थीका अनुसार सशस्त्र द्वन्द्वकालमा मारिएको आफन्तजनहरूको स्मरणमा सो शान्ति सङ्ग्रहालय स्थापना गरिएको हो ।
पालिका स्तरीय सो सङ्ग्रहालयमा कैलारी गाउँपालिकाका ७८ जनासहित कैलालीका ५५२ जना पीडितहरूको तथ्याङ्क राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महराले छाडे पार्टी
-
श्रम मन्त्रालय र श्रम कार्यालयद्वारा फ्रन्टलाइन अस्पतालको अनुगमन
-
उडान सुरक्षाको यथार्थ र प्राधिकरण विभाजनको राजनीतिक अर्थशास्त्र
-
बागमती खेलकुद: पुरुष क्रिकेटको उपाधि चितवनलाई
-
चूडामणि शर्माविरुद्धका दुई भ्रष्टाचार मुद्दामा विशेष अदालतद्वारा कागजात झिकाउने आदेश
-
सम्झौता उल्लङ्घन भए इरानमाथि फेरि कडा नाकाबन्दी लगाउँछौँ : अमेरिकी रक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण