भारतीय क्रिकेटर अश्विनले लिए सन्न्यास
नयाँ दिल्ली । भारतीय क्रिकेटर रविचन्द्रन अश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । उनले बुधबार अस्ट्रेलियाविरुद्धको दोस्रो टेस्ट क्रिकेट बराबरीमा टुङ्गिएलगत्तै सन्न्यासको घोषणा गरेका हुन् ।
अश्विन अफ स्पिनर बलर हुन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले सामाजिक सञ्जाल ‘एक्स’मार्फत अश्विनलाई क्रिकेट क्षेत्रमा गरेको योगदानप्रति धन्यवाद दिएको छ ।
अस्ट्रेलियासँगको टेस्ट बराबरीमा टुङ्गिएपछि आयोजित पत्रकार सम्मेलनमा अश्विनले भने, ‘यो अन्तर्राष्ट्रियस्तरमा भारतीय क्रिकेटका रुपमा मेरो अन्तिम दिन हो । म अन्तर्राष्ट्रिय क्रिकेटको सबै फरम्याटबाट सन्न्यास लिन गइरहेको छु ।’
अश्विनले १०६ टेस्ट म्याचमा ५३७ विकेट लिएका छन् । उनले ८ पटक एउटै म्याचमा १० विकेट लिएका छन् । ब्याटिङमा पनि अश्विनले ३ हजार ५०३ रन बनाएका छन् । उनले टेस्ट म्याचमा ६ वटा शतक बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण