विधेयक संशोधनमा प्रधानमन्त्रीको हस्तक्षेप छैन : सभापति खतिवडा
बिहीबार, ०४ पुस २०८१, १४ : १५

काठमाडौँ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकमा उपसमितिले पेस गरेको प्रतिवेदनमाथि प्रधानमन्त्री केपी शर्मा ओलीको कुनै हस्तक्षेप नरहेको स्पष्ट पारेका छन्।
सभापति खतिवडाले समिति स्वतन्त्र रूपमा आफ्नो काममा क्रियाशील रहेको तथा यसका काममा ‘प्रधानमन्त्री ओलीको चासो’ भन्ने आधारहीन प्रचार भएकामा त्यसको प्रतिवाद गरे । “कसले दुष्प्रचार गरेको हो जानकारी छैन”, उनले भने ।
उपसमितिले नीतिगत बाहेकका विषयमा मन्त्रिपरिषद्ले गरेको निर्णयमाथि पनि आयोगले अनुसन्धान गर्न सक्ने गरी संशोधन गर्न सुझाव दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धवलपछि रवीन्द्र मिश्र पनि अदालतमा उपस्थित
-
मनसुनको प्रभाव : बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
असंलग्न परराष्ट्र नीतिको सान्दर्भिकताबारे चर्चा
-
जुम्लामा ट्रयाक्टर दुर्घटनाः एक जनाको मृत्यु, चार घाइते
-
सान फ्रान्सिस्कोबाट मुम्बई आइरहेको एयर इन्डियाको उडानमा खराबी, कोलकातामा ओरालियो यात्रु
-
काठमाडौँ महानगरमा मनसुन अवधिभर सडक तथा फुटपाथ खन्न रोक