लोसपामा फेरि थपिए ६ जना केन्द्रीय सदस्य
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले केन्द्रीय समितिमा थप ६ जनालाई मनोनीत गरेको छ । ३४७ सदस्यीय केन्द्रीय समितिमा हिजो विभिन्न जिल्लाका आठ जनालाई मनोनीत गरेर केन्द्रीय समिति ३५५ सदस्यीय बनाइएको थियो ।
सो पार्टीले बिहीबार ६ जना थप गरेर ३६१ सदस्यीय केन्द्रीय समिति बनाएको छ । संविधानमा ४०१ सदस्यीय केन्द्रीय समितिको व्यवस्था छ ।
बिहीबार मनोनीत हुनेहरूमा महोत्तरीका सेवल महरा, ललितपुरका जमुना केसी झा, काठमाडौँका गीता श्रेष्ठ, सर्लाहीका ललिन्द्रकुमार राय र रामहरि तिवारी तथा बाराका फिरोज रहेका छन् ।
हिजो बुधवार मनोनीत हुनेहरूमा सप्तरीका श्याम सरदार, सिरहाका जीवछप्रसाद यादव, धनुषाका सुनिलकुमार यादव, सर्लाहीका जगत महरा, रौतहटका रामप्रवेश दास तत्मा, बाराकी मञ्जु कार्की, कन्चनपुरका भोगादेवी राणा थारु र कास्कीका रविन्द्र सुनार रहेका छन् ।
त्यसैगरी लोसपा नेपालले विभिन्न भातृ सङ्गठनका लागि संयोजक चयन गरेको छ । लोकतान्त्रिक युवा सङ्घको संयोजकमा सर्लाहीका भिनुकलाल राय, लोकतान्त्रिक महिला सङ्घको संयोजकमा पर्साका मिनु ठाकुर, लोकतान्त्रिक महिला संघ मधेश प्रदेशको संयोजकमा महोत्तरीका गितादेवी दास र लोकतान्त्रिक ट्रेड युनियन सङ्घको संयोजकमा धादिङका केशवराज अधिकारीलाई चयन गरेको छ ।
लोसपा नेपाल महाधिवेशनको तयारीमा जुटेको छ । वैशाख २६ गते हुने भनिएको पार्टीका पहिलो महाधिवेशनका लागि नेता तथा कार्यकर्तामा त्यसमा जुटेका छन् । सङ्गठन विस्तारका साथै सदस्यता वितरणको अभियानलाई तीव्रता दिएको छ ।
सो पार्टीले सदस्यता वितरण अभियानको पनि समय थप गरेको छ । हिजो बसेको सचिवालय बैठकले पार्टीको साधारण सदस्यता वितरण अभियानको समय थप एक महिना बढाएर पुस मसान्तसम्म पुर्याएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण