भादा गाउँमा थारु होमस्टे महोत्सव हुने
धनगढी । विगतको वर्षमा झैँ चालू वर्षमा पनि कैलालीको धनगढी उपमहानगरपालिका–१६ स्थित भादा गाउँमा थारु होमस्टे महोत्सव आयोजना हुने भएको छ । थारु होमस्टे गाउँ भादाको प्रचारप्रसार एवम् प्रवर्द्धन गर्ने उद्देश्यका साथ पुस १७ देखि २१ गतेसम्म महोत्सव आयोजना हुने भएको हो ।
आयोजक थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले विगतको वर्षमा झैँ यो वर्ष पनि महोत्सव आयोजनाको तयारी भइरहेको जानकारी दिए । शुक्रवार धनगढीमा पत्रकार सम्मेलन गर्दै समितिका अध्यक्ष चौधरीले थारु समुदायको संस्कृति, खानपान, भेसभुसा, सीपकला, प्राकृतिक सम्पदाको सदुपयोग एवम् जगेर्ना गर्ने उद्देश्यले हरेक वर्ष महोत्सव आयोजना गर्दै आएको बताए ।
भादामा सन् २०११ बाट होमस्टे सञ्चालन हुँदै आएको छ। महोत्सवमा थारु खानपानका परिकार, थारु सीपकला तथा भेसभुसा, थारु देउथान अवलोकन,लहरुमा गाउँको अवलोकन,थारु सङ्ग्रहालयको अवलोकन,काठे पिङलगायत आकर्षणको रूपमा रहने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महराले छाडे पार्टी
-
श्रम मन्त्रालय र श्रम कार्यालयद्वारा फ्रन्टलाइन अस्पतालको अनुगमन
-
उडान सुरक्षाको यथार्थ र प्राधिकरण विभाजनको राजनीतिक अर्थशास्त्र
-
बागमती खेलकुद: पुरुष क्रिकेटको उपाधि चितवनलाई
-
चूडामणि शर्माविरुद्धका दुई भ्रष्टाचार मुद्दामा विशेष अदालतद्वारा कागजात झिकाउने आदेश
-
सम्झौता उल्लङ्घन भए इरानमाथि फेरि कडा नाकाबन्दी लगाउँछौँ : अमेरिकी रक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण