पूर्वराष्ट्रपति भण्डारीद्वारा आलमदेवी मन्दिरमा पूजाआजा, गाउँपालिकाबाट सम्मान
शुक्रबार, ०५ पुस २०८१, २१ : २४

स्याङ्जा । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले स्याङ्जाको प्रसिद्ध धार्मिकस्थल आलमदेवी मन्दिरमा पूजाआजा गरेकी छन् । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–३ लसर्घामा अवस्थित मन्दिरमा उनले आज वैद्धिक विधिपूर्वक पूजाआजा गरेकी हुन् ।
पूर्वराष्ट्रपति भण्डारीले मन्दिरमा पूजाआजाका साथै यहाँको वस्तुस्थिति अवलोकन गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पृथ थापाले जानकारी दिए । उनलाई कालीगण्डकी गाउँपालिकाले मन्दिर परिसरमै स्वागत तथा सम्मान गरेको थियो । गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले पूर्वराष्ट्रपतिलाई स्वागत गर्न पाउँदा गौरवबोध भएको बताए ।
पूर्वराष्ट्रपति भण्डारीले आलमदेवी आउने आफ्नो इच्छा पूरा भएको बताइन् । यहाँका नागरिकले गरेको माया र स्नेहलाई कहिल्यै नभुल्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित
-
सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन: प्रवक्ता डा. महत
-
प्रधानमन्त्री र एमआइटीका अनुसन्धानकर्ता मिङ्मार शेर्पाबिच भेटवार्ता
-
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, के भयो कुराकानी ?