नेपाल बार एसोसिएसनले मनायो ६९औँ स्थापना दिवस
आइतबार, ०७ पुस २०८१, १२ : १०
काठमाडौँ । कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एसोसिएसनले ६९औँ स्थापना दिवस मनाएको छ ।
दिवसका अवसरमा आइतबार बार परिसर रामशाहपथमा पहिलो बार कार्यसमितिमा रहेका कार्यसमिति सदस्यहरूको तस्बिरमा माल्यार्पण गरेर बार दिवस मनाइएको हो । बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले बार दिवस–२०८१ विभिन्न कार्यक्रमको आयोजना गरी देशैभरका कार्यालयहरूमा मनाइएको जानकारी दिए । बारले निरङ्कुश व्यवस्थासँग लडेको, अन्य थुप्रै न्यायिक सुधारहरूमा लडिरहेको उनले बताए ।
उनले न्यायालयमा हुने गरेको बेतिथिका विरुद्ध बारको लडाइँ निरन्तर रहेको धारणा राखे । घिमिरेले न्यायाधीश नियुक्तिमा भएको ढिलाइमा बारको कुनै भूमिका नरहेको भन्दै छिटै बारकातर्फबाट नाम पठाइने जानकारी दिए ।
२०१३ साल पुस ७ गते स्थापना भएको बार एसोसिएसनले प्रत्येक वर्ष पुस ७ गते बार दिवस मनाउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न
-
वर्षाले प्रभावित फाइनलमा नेपाल बन्यो च्याम्पियन
-
आर्थिक विधेयकमा भएको हेरफेरबारे अर्थमन्त्रीले संसद्मा स्पष्ट पार्नुपर्छ : वर्षमान पुन
-
देशभरका २६३ स्थायी प्रहरी चौकी जीर्ण, भत्किने डरैडरमा काम गर्दै सुरक्षाकर्मी: आईजीपी कार्की
-
सुदूरपश्चिम मन्त्रिपरिषद् बैठक : बिदा भएर निस्किए मन्त्रीहरू
-
हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न संसदीय समितिको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण