नेपाल रोड रेसिङ च्याम्पियनसिपमा श्रीहरि विजयी
काठमाडौँ । नेपाल रोड रेसिङ च्याम्पियनसिपको फाइनल राउन्ड सम्पन्न भएको छ । गत शुक्रबार र शनिबार सम्पन्न सो इभेन्टको नेसनलतर्फ श्रीहरि पौडेल विजेता बने भने फर्स्ट रनर अप दिलीप दनुवार र सेकेन्ड रनर अप युकेश थापा बनेका हुन् ।
त्यसै गरी नोभिसतर्फ संस्कार विष्ट विजेता बने भने फर्स्ट रनर अप साकार श्रेष्ठ र सेकेन्ड रनर अप रुमु हाङ राई बने । ललितपुरको सातदोबाटो स्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको सो च्याम्पियनसिप अन्तर्गत नेसनल र नोभिस गरी दुई क्याटागोरीमा प्रतियोगिता सम्पन्न भएको थियो ।
नोभिस अन्तर्गत पहिलो पटक सहभागी राइडरहरु सम्मिलित थिए भने नेसनलमा पहिले नै सहभागी राइडरहरु सम्मिलित थिए । सबै गरी ४६ राइडरहरु फाइनल राउन्डमा सहभागी भएका थिए ।
यो भन्दा पहिले सातदोबाटोमै राउन्ड १ तथा चितवनमा राउन्ड २ र पोखरामा राउन्ड ३ अन्तर्गतको प्रतियोगिता सम्पन्न भएको थियो । फाइनल राउन्डका विजेताहरुले क्रमशः ७७ हजार, ५५ हजार र ४४ हजार नगदका साथै ट्रफी र मेडल प्राप्त गरे ।
नासा नेपालका अध्यक्ष दशरथ रिसाल र नासा नेपाल एवम् मोटर स्पोर्ट्स नेपालका पदाधिकारीहरूले विजयी खेलाडीलाई ट्रफी र मेडलका साथै नगद पुरस्कार हस्तान्तरण गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटमा आत्मदाहको प्रयास गरेका सहनीको वीर अस्पतालको आइसीयूमा उपचार
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
-
मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण