भारतका पूर्वक्रिकेटर रोविन उथप्पा भन्छन्– ‘म निर्दोष छु’
काठमाडौँ । भारत क्रिकेट टोलीका पूर्वब्याट्सम्यान रोविन उथप्पाले आफूमाथि लागेको आरोपको खण्डन गरेका छन् । उनले जुन अपराधमा आफूविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ त्यसमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् ।
३९ वर्षीय उथप्पामाथि कर्मचारी सञ्चय कोषको रकम हिनामिना गरेको आरोप लगाइएको छ । उनीविरुद्ध पक्राउ पूर्जी पनि जारी गरिएको छ । तर, उनले कर्मचारी सञ्चय कोषको रकम हिनामिना गर्ने आरोल लगाइएको कम्पनीहरुसँग आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् ।
आफ्नो समयका प्रभावशाली खेलाडी उथप्पाले सामाजिक सञ्जालमार्फ आफूमाथि लगाइएको आरोपको खण्डन गरेका हुन् । ‘सन् २०१८–१९ मा म स्ट्राबेरी लेन्सेरिया प्राइभेट लिमिटेड, सेन्टारस लाइफस्टाइल ब्रान्ड्स प्राइभेट लिमिटेड र बेरिज फेसन हाउसको दैनिक कामकाजमा म सक्रिय रुपमा सहभागी भएको थिइन । यसमा मेरो कुनै संलग्नता छैन,’ उनले भनेका छन् ।
उनले आफू एक ब्यस्त व्यवसायिक क्रिकेटर भएकाले त्यतिबेला कम्पनीहरुको काममा सक्रिय हुने फुर्सद आफूले नपाएको दाबी पनि गरेका छन् । ‘म त्यतिबेला क्रिकेटमै सक्रिय थिएँ । निकै ब्यस्त पनि थिएँ । त्यसैले यी कम्पनीहरुको दैनिक कामका लागि मसँग फुर्सद पनि थिएन,’ उनले भनेका छन् ।
उथप्पाले यी कम्पनीहरुलाई आफूले ऋण दिएको तर, आफूले त्यो पैसा पनि फिर्ता नपाएको बताएका छन् । ‘यी कम्पनीलाई मैले ऋण दिएको पैसासमेत फिर्ता पाएको छैन । त्यसैले मैले उनीहरुविरुद्ध कानुनी कारवाही पनि अगाडि बढाएको छु, जुन अझै विचाराधिन अवस्थामा छ,’ उनले भनेका छन् ।
उनले आफू केही समय कम्पनीको निर्देशकको भूमिकामा काम गरे पनि निकैअघि पदबाट राजीनाम दिइसकेको बताएका छन् । कर्मचारी सञ्चय कोषले भने रोविन उथप्पाले कर्मचारीहरुको ठुलो रकम कोषमा जम्मा नगराएको आरोप लगउँदै उनलाई कानुनी नोटिश पठाएको छ ।
कोषले उनलाई तत्काल रकम दाखिला गर्न पनि भनेको छ । उनले २३ लाख भारतीय रुपैयाँ हिनामिना गरेको कोषको दाबी छ । उनीविरुद्ध पक्राउ पूर्जी जारी भए पनि हालसम्म गिरफ्तारीमा भने परिसकेका छैनन् । उथप्पाले भारतका लागि ४६ एकदिवसीय अन्तर्राष्ट्रिय र १३ वटा टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटमा आत्मदाहको प्रयास गरेका सहनीको वीर अस्पतालको आइसीयूमा उपचार
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
-
मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण