मेयर कप टेबलटेनिस बुधबारदेखि
ललितपुर । ललितपुर महानगरपालिका वडा ९ को आयोजनामा छैटौँ मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगिता बुधबारदेखि हुने भएको छ ।
प्रतियोगितामा ललितपुर महानगरपालिकाका २९ वडा मध्ये २३ वडाबाट ६ सय ३७ खेलाडीको सहभागिता रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजक वडा ९ का अध्यक्ष राजु महर्जनले जानकारी गराए ।
प्रतियोगितामा १६ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । सबैमा नगद पुरस्कार राखिएको छ । प्रतियोगिता संयोजक सन्जु अवालेले कुल पुरस्कार राशि ३ लाख ६८ हजार रुपैयाँ रहेको बताए ।
वडा अध्यक्ष महर्जनले मेयर कप रात्रिकालीन भएकोले प्रतियोगिताको छुट्टै आकर्षण र महत्त्व रहेको बताउँदै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताए ।
प्रतियोगिता सञ्चालन गर्न करिब २१ लाख ८३ हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । छ दिने प्रतियोगिताका खेलहरू पाटनको मःछें टोलमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण