एनआरटी र चर्च ब्वाइजबीच झापा कपको उपाधि भिडन्त, कसले मार्ला बाजी ?
झापा । झापा कप फुटबल प्रतियोगिताको उपाधिका लागि सोमबार न्युरोड टिम (एनआरटी) र चर्च ब्वाइज क्लबबीच भिडन्त हुँदैछ । अन्तिम तथा निर्णायक खेल डोमालाल रङ्गशालामा हुँदैछ ।
शनिबार एनआरटीले राष्ट्रिय जागृति क्लबलाई ३-० ले टाइब्रेकरमा हराउँदै चर्च ब्वाइजसँगको उपाधि भिडन्त पक्का गरेको थियो । उता, गोर्खा ब्वाइज स्पोर्ट्स क्लबलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको चर्च ब्वाइजले फाइनल पुग्न सिराहाको सहलेश फुटबल क्लबलाई पराजित हराएको थियो ।
यसैबीच, चर्च ब्वाइजका प्रशिक्षक सुमन श्रेष्ठ र एनआरटीका प्रशिक्षक जीवन सिन्केमानले आ–आफ्ना टोलीले उपाधि जित्ने जिकिर गरेका छन् । आइतबार भएको ‘प्रि–म्याच कन्फ्रेन्स’ दुबै टोलीका प्रशिक्षकले जित आफ्नो पक्षमा पर्ने जिकिर गरेका हुन् ।
मोफसलको प्रतियो्गिताका विजेताले १० लाख र उपविजेताले पाँच लाख नगद पुरस्कार पाउने छन् । झापा कपमा झापा–११ फुटबल क्लबसहित भारतको जिटिए दार्जिलिङ, गोर्खा ब्वाइज रुपन्देही, एलएक्स सिटी मोरङ, राष्ट्रिय जागृति क्लब इटहरी, सहलेश युथ क्लब सिरहा, त्रिभुवन आर्मी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, एनआरटी क्लब काठमाडौं र चित्लाङ एफसी काठमाडौंले सहभागिता जनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
-
घरपालुवा जनावरको मन बुझ्न ट्यारो कार्डको सहारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण