तारकेश्वर नगरपालिकामा एनएनआईपीएल स्पोर्ट अवार्ड कार्यक्रम
काठमाडौँ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले आयोजना गर्ने खेलाडी सम्मान कार्यक्रम यसपटक तारकेश्वर नगरपालिकाको मनमैजु मन्दिरमा हुने भएको छ । एनएनआईपीएले सोमबार आयोजित पत्रकारसम्मेलनमार्फत यो जानकारी दिएको हो ।
तारकेश्वर नगरपालिकाका नगरप्रमुख कृष्णहरि महर्जन र एनएनआईपीएका अध्यक्ष दीपक श्रेष्ठले यस सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर पनि गरे । सम्मान कार्यक्रममा गत वर्ष चीनको हाङ्झाउमा भएको १९औँ एसियाली खेलकुदमा नेपालले भाग लिएका २९ खेलका एक–एकजना उत्कृष्ट खेलाडीलाई अर्वाड प्रदान गरिने छ ।
खेलाडीको छनोट भने सम्बन्धित राष्ट्रिय खेल संघको सिफारिसमा गरिने छ । २९ खेलमध्येका उत्कृष्ट खेलाडीलाई अवार्डसहित १० हजार रुपैयाँ नगद पुरस्कार पनि प्रदान गरिने छ । उत्कृष्ट खेलाडीमध्येबाट एक महिला र एक पुरुष खेलाडीलाई सर्वोकृष्ट खेलाडी घोषित गरिने छ ।
सर्वोत्कृष्ट खेलाडीले भने जनही एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने जनकारी एनएनआईपीएका महासचिव शिवसुन्दर गोथेले दिए । उत्कृष्टमध्येबाट एक महिला र एक पुरुष खेलाडीलाई प्रतिभाशाली खेलाडी सम्मानसहित ५० हजार रुपैयाँ प्रदान गरिने छ ।
सोही अवार्डमा एकजना पाका खेल व्यक्तित्वलाई गजराज आर्दश खेल व्यक्तित्व र एक खेल पत्रकारलाई एनएनआईपीए खेल पत्रकारिता पुरस्कारबाट सम्मान गरिने छ । उनीहरुले जनही ३५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । वर्षको उत्कृष्ट पारा खेलाडीलाई पनि १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जनाइएको छ । खेलाडी सम्मान कार्यक्रम पुस २० गते आयोजना हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण