युवा तथा खेलकुद क्षेत्रमा प्रयाप्त स्रोत नभएको मन्त्री महर्जनको गुनासो
हेटौँडा । बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले स्रोत साधनको अभावका बिचबाट युवा तथा खेलकुद क्षेत्रको योजनाहरू सञ्चालन गर्नुपरेको गुनासो गरेका छन् । मन्त्रालयको बजेट न्यून रहेकाले युवा तथा खेलकुद क्षेत्रमा पर्याप्त मात्रामा पूर्वाधार निर्माण तथा व्यवस्थापनका काम अघि बढाउन नसकेको उनले बताए ।
युवा तथा खेलकुद मन्त्रालयको आर्थिक वर्ष २०८१/०८२ को प्रथम त्रैमासिक अवधिको प्रगति समीक्षा बैठकलाई सम्बोधन गर्दै मन्त्री महर्जनले बजेटको सीमितताका कारण अपेक्षाकृत उपलब्धि प्राप्त गर्न कठिन भएको बताए । आफू मन्त्री नियुक्त हुँदा बजेट बनिसकेको र सो बजेट निकै न्यून भएका कारण काम गर्न कठिनाइ भइरहेको उनको भनाई छ ।
‘मैले चाहेको भए अन्य विकासे मन्त्रालय पनि लिन सक्थेँ । तर, म खेल क्षेत्रबाट आएको मानिस युवा र खेलाडीको भावना बुझ्न सक्छु । खेलकुद मन्त्रालय कसरी चलाउने भन्ने विषयमा मलाई राम्रो ज्ञान छ । तर, म मन्त्री नियुक्त हुँदा बजेट बनिसकेको थियो जुन अत्यन्तै न्यून छ । त्यस कारण सोचे अनुसारको काम गर्न सकिएको छैन ।’ उनले भने ।
उनले बजेट वृद्धि गर्न प्रदेश सरकारसँग नियमित रूपमा पहल भइरहेको बताए । मन्त्रालय मातहतका कार्यालयले सञ्चालन गर्दै आइरहेको आयोजनाहरूलाई पूर्णता दिन पहल गर्ने प्रतिबद्धता समेत मन्त्री महर्जनले व्यक्त गरे । उनले कार्यालय प्रमुखहरूलाई उच्च मनोबल सहित काम गर्न निर्देशन समेत दिए ।
उनले देखिने, सुनिने र नागरिकले अनुभूत गर्ने गरी उत्प्रेरित भएर काम गर्न तथा आगामी दिनमा मन्त्रालयको वार्षिक कार्य योजना बमोजिम नतिजा हासिल गर्ने तर्फ अग्रसर हुन निर्देशन दिए । मन्त्री महर्जनले प्रभावकारी रूपमा कार्य सम्पादन गर्न तथा उपयुक्त ढङ्गका योजनाहरू तयार गर्न निर्देशन दिए ।
बैठकमा प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाले खेलकुद क्षेत्रको विकास एवम् विस्तारका लागि परिषद्बाट छोटो समयमा उल्लेख्य प्रयास भएको बताए । उनले राज्यले खेलकुदको विषय पाठ्यक्रममा नै समावेश गरेर अगाडी बढाउनुपर्नेमा जोड दिए ।
त्यस्तै प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईँले परिषद्बाट सञ्चालन भइरहेका युवा लक्षित कार्यक्रमबारे जानकारी गराउँदै तथ्याङ्क व्यवस्थापन नहुँदा तालिम कार्यक्रम सञ्चालन गर्न केही कठिनाइ भएको भन्दै त्यसतर्फ सरकारले सहयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा क्रमशः सामाजिक विकास कार्यालय काभ्रेपलान्चोक, ललितपुर, मकवानपुरका कार्यालय प्रमुखहरूले सञ्चालित आयोजनाको भौतिक एवम् वित्तीय प्रगतिबारे जानकारी गराएका थिए ।
उनीहरुले मन्त्रालय र अन्तर्गतका निकायहरूको त्रैमासिक प्रगतिका साथै आयोजनाहरुको वित्तीय एवं भौतिक प्रगतिको अवस्था, कार्यान्वयनमा आइपरेका समस्या तथा चुनौती र समाधानका लागि गरिएका प्रयासहरूबारे प्रस्तुतीकरण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण