कैलालीमा तीन लाख २४ हजार मेट्रिकटन धान उत्पादन
कैलाली । कैलालीमा यस वर्ष तीन लाख २४ हजार आठ सय ८४ मेट्रिकटन बर्खे धान उत्पादन भएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार गत वर्षको तुलनामा यस वर्ष झिनो मात्रामा बर्खे धान उत्पादनमा वृद्धि भएको हो ।
यस वर्ष ६८ हजार पाँच सय ४१ हेक्टर क्षेत्रफलमा बर्खे धानखेती गरिएकामा चार दशमलव ७४ मेट्रिकटन प्रतिहेक्टर धान उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी शङ्करदत्त अवस्थीले जानकारी दिए ।
उनका अनुसार गत वर्षको तुलनामा यस वर्ष शून्य दशमलम दुई प्रतिशतले बर्खे धान उत्पादनमा वृद्धि भएको छ । गत वर्ष पनि सोही क्षेत्रफलमा धानखेती गरिएकामा तीन लाख २३ हजार दुई सय ८० मेट्रिकटन धान उत्पादन भएको उनले जानकारी दिए । उनले भने, “गत वर्ष र यस वर्ष बराबरी क्षेत्रफलमा बर्खे धानखेती गरिएको थियो, उत्पादन बढ्न सकेन, झिनो मात्रामा बढेको छ ।” गत वर्ष धानको उत्पादकत्व चार दशमलव ७२ मेट्रिकटन प्रतिहेक्टर रहेको उनले बताए ।
यस्तै जिल्लामा यस वर्ष ६ हजार चार सय ६१ हेक्टर क्षेत्रफलमा मकैखेती गरिएकामा १५ हजार एक सय ९२ मेट्रिकटन मकै उत्पादन भएको उनले जानकारी दिए । सूचना अधिकारी अवस्थीका अनुसार जिल्लामा एक सय तीन हेक्टर क्षेत्रफलमा कोदोखेती गरिएकामा एक सय २७ मेट्रिकटन कोदो उत्पादन भएको छ ।
ज्ञान केन्द्रले उत्पादन बढाउनका लागि किसानलाई ५० प्रतिशत अनुदानमा मेसिनरी औजार, बीउबिजनलगायत उपलब्ध गराउँदै आएको उनको भनाइ छ । त्यस्तै किसानलाई तालिमसमेत दिने गरिएको सूचना अधिकारी अवस्थीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महराले छाडे पार्टी
-
श्रम मन्त्रालय र श्रम कार्यालयद्वारा फ्रन्टलाइन अस्पतालको अनुगमन
-
उडान सुरक्षाको यथार्थ र प्राधिकरण विभाजनको राजनीतिक अर्थशास्त्र
-
बागमती खेलकुद: पुरुष क्रिकेटको उपाधि चितवनलाई
-
चूडामणि शर्माविरुद्धका दुई भ्रष्टाचार मुद्दामा विशेष अदालतद्वारा कागजात झिकाउने आदेश
-
सम्झौता उल्लङ्घन भए इरानमाथि फेरि कडा नाकाबन्दी लगाउँछौँ : अमेरिकी रक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण