किन नक्कली प्रेग्नेन्सी सुट गरिरहेका छन् चिनियाँ युवतीहरू ?
बेइजिङ । हुडी वा नाइट ड्रेसमै अफिस जानेदेखि आफूलाई स्वस्थ राख्न खासै मिहेनत गर्नु नपर्ने तरिका पछ्याउनेसम्म यो वर्ष चीनमा कयौँ कुराको ट्रेन्ड देखियो । यही सूचीमा पछिल्लो पटक नक्कली प्रेग्नेन्सी लुक थपिएको छ । एक चिनियाँ युवतीहरूले गर्भवती फोटो सुटदेखि मातृत्व फोटो सुटसम्म गरिरहेका छन् ।
बिहे नगरीकनै भएको गर्भधारणलाई चिनियाँ समाजमा हेयको दृष्टिले हेरिन्छ । यसैको विरोधमा यो ट्रेन्ड चलेको साउथ चाइना मर्निङ पोस्ट (एससीएमपी) ले दाबी गरेको छ । चीनमा जन्मदर घटेको र बिहे गर्नेको संख्या कम हुँदै गइरहेको समयमा देखिएको यो प्रवृत्तिले भविष्यमा जन्मदर र बिहे अरु घटाउने हो कि भन्ने चिन्ता बढाएको छ ।
गर्भवती भएको समयमा आफू यस्तो देखिन्छु होला भन्ने अनुमानमा पेटमा भुक्के प्याड हालेर जवान युवतिहरू प्रेग्नेन्सी फोटोशूट गरिरहेका छन् । मध्य चीनको हुनान प्रान्तकी जेन जी इन्फ्लुएन्सर मेइजी गेगेले अनलाइनमा यस्तै एउटा भिडियो शेयर गरेपछि चीनमा यो ट्रेन्ड सुरु भएको थियो । अक्टोबर १३ मा उनले म्याटनिर्टी फोटो सुट गरेकी थिइन् । त्यसपछि चिनियाँ युवतीहरू माझ यो ट्रेन्ड भाइरल भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालले भारतको भूमि मिचेको छैन : उपेन्द्र यादव
-
‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’
-
राप्रपा राजा र धर्म साट्ने पार्टी हो : दुर्गा प्रसाईं
-
देउवा–शेखर समूहको भेलामा को–को छन् सहभागी ?
-
इटहरीमा कोशीकै सबैभन्दा ठुलो सम्मेलन केन्द्र बन्ने
-
निर्वाचन परिणाम बदर भएसँगै रास्वपा कैलालीको विवाद उत्कर्षमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण