पर्वहरूले सबै धर्मावलम्बीलाई एकतामा बाँध्ने सेतुको काम गरेका छन् : सभामुख घिमिरे
काठमाडौँ । सभामुख देवराज घिमिरेले इसाई धर्मावलम्बीको महान चाड क्रिसमसको अवसरमा पर्वहरूले सबै धर्मावलम्बीलाई एकतामा बाँध्ने सेतुको काम गरेको बताएका छन् । सभामुख घिमिरद्वारा आज जारी शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा सुख, शान्ति एवं सुस्वास्थ्यको कामना गर्दै उक्त शुभकामना व्यक्त गरेका छन् ।
“क्रिसमस केवल एउटा धार्मिक पर्व मात्र होइन, यो सम्पूर्ण मानव समाजका लागि सहिष्णुता र परोपकारको सन्देश बोकेको पर्व हो, यसले हामीलाई प्रेम र भाईचारा प्रवर्द्धन गर्न सिकाउँछ”, सन्देशमा भनिएको छ, “हाम्रा पर्वले सबै धर्मावलम्बीलाई एकतामा बाँध्ने सेतुको काम गरेको छ, क्रिसमस पनि यसैको एक अनुपम उदाहरण हो, जहाँ हामी सबैले एक आपसमा खुशी साटासाट गर्छौँ ।”
सभामुख घिमिरले नेपालको संविधानले धर्म निरपेक्षता र धार्मिक स्वतन्त्रताको व्यवस्था गरी हरेक धर्म, संस्कार र संस्कृतिको सम्मान सुनिश्चित गरेको र देशको सामाजिक सद्भावलाई अझ सुदृढ बनाएको बताएका छन् ।
“शान्ति, प्रेम र सह–अस्तित्वको पर्व क्रिसमसले शान्ति, सद्भाव र एकता विकास गर्न सकोस् भन्ने कामना गर्दछु”, शुभकामना सन्देशमा भनिएको छ,” नेपाल विविध जातजाति, धर्म, र संस्कृतिको संगमभूमि हो, संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कार र परम्परा पालन गर्ने स्वतन्त्रता दिएको छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण