नेपालको यात्रा एक कांस्यमा सीमित
काठमाडौँ । काठमाडौँमा जारी योनेक्स सनराईज नेपाल इन्टरनेशनल च्यालेन्ज २०२४ मा नेपालको यात्रा एक कांस्यमा सीमित हुँदै समाप्त भएको छ ।
आज सम्पन्न मिक्स युगल तर्फको सेमिफाइनलमा खेलमा नेपालका नम्बर एक खेलाडी द्वय प्रिन्स दाहाल र रसिला महर्जन थाइल्यान्डका नोन्ताकोर्न थोङ्ग अन र कोड्चापोर्न चाईछानाको जोडीसँग २१–१५, २१–१७ ले पराजित भए पश्चात् नेपाल एक कांस्यमा खुम्चिन गएको हो ।
यस अघि प्रिन्स र रसिलाको जोडीले क्वाटरफाईनलमा नेपालकै क्षितिज खनाल र शोभा गौचनको जोडीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका थिए ।
नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको च्याम्पियनसिपको मिकस युगलकै अर्को खेलमा मलेसियाका लाउ यि सेङ्ग र याप रु चेनको जोडीले फाइनलमा स्थान बनाए । उक्त जोडीले भारतका थानदाङ्ग्री हेमा नगेन्द्र बाबु र श्रीललिता सुप्रिया यलाप्रागाडाको जोडीलाई २१–१०, २१–९ले पराजित गरेका थिए ।
महिला एकल तर्फको खेलमा भारतकी इरा शर्माले जित हात पार्दै फाइनलमा थाइल्यान्डकी ललिनरात चाईवानसँगको भेट पक्का गरिन् । ईराले सेमिफाइनलमा थाइल्यान्डकी तिदापोर्न क्लिबिसुनलाई १५–२१, २५–२३, २१–१५ र ललिनरातले युएसएकी इसिका जयसवाललाई २१–१४, २१–१७ ले पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण