मेयर कप भेट्रान फुटबल आयोजना हुने
काठमाडौँ । श्री कुसुन्ती युवा क्लब र ललितपुर महानगरपालिका–१३ को संयुक्त आयोजनामा दोस्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिता यही पुस २२ गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा २२ टिमले सहभागिता जनाउने निश्चित भइसकेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजकले जनाएको छ । कसुन्ती युवा क्लबका अध्यक्ष निरज खड्काले सहभागी टिमको दर्ता शुल्क १० हजार तोकिएको जानकारी दिए । काठमाडौँ बाहिरबाट सहभागी हुने टिमलाई भने शुल्क नलाग्ने उनले बताए ।
एट ‘ए’ साइड स्वरुपमा हुने प्रतियोगितामा सहभागी टिमले ४० वर्षमाथिका चार, ४५ वर्षमाथिका तीन र ५० वर्षमाथिका एक खेलाडी समावेश गर्नुपर्नेछ । विजेता टोलीले रु दुई लाख तथा उपविजेताले रु एक लाख नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र ‘म्यान अफ द सिरिज’लाई जनही पाँच हजार नगदबाट पुरस्कृत गरिने जनाइएको छ ।
प्रतियोगिता सञ्चालन गर्न करिब १६ लाख खर्च हुने आयोजकले जनाएको छ । वडाले रु पाँच लाख उपलब्ध गराएको छ । पुस २९ गतेसम्म चल्ने प्रतियोगिताका खेल जावलाखेल मैदानमा खेलाइने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण