ललितपुरमा ‘एआई’ सम्बन्धी पाचौं चरणको शैक्षिक कार्यक्रम
पाटन । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)’ शिक्षासम्बन्धी पाँचौँ संस्करणको कार्यक्रम ललितपुरमा हुने भएको छ । नेपाल एप्लाइड म्याथेमेटिक्स एन्ड इन्फरमेटिक्स इन्स्टिच्यूट (नामी)ले बुधबार ललितपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा यस वर्ष पाँचौँ संस्करणको शैक्षिक कार्यक्रम शुक्रबार शुक्रबारदेखि २२ गतेसम्म ललितपुरमा हुने जानकारी दिइएको हो ।
नामीका ‘एजुकेसन आउटरिच’ प्रमुख आलोक खत्रीले यस कार्यक्रमको पाँचौँ संस्करण ‘आर्टिफिसियल एन्टिलिजेन्स’को आधार र त्यसको कार्यान्वयनमा केन्द्रित रहने जानकारी दिनुभयो । कार्यक्रम संसारभरबाट वैज्ञानिक, प्राध्यापक र सहभागीहरूलाई एआईसम्बन्धी गहन व्याख्यान, प्रयोगशाला र परियोजना कार्यका लागि एकै ठाउँमा ल्याउने दक्षिण एसियाकै ठूलो र सबैभन्दा पृथक मञ्च भएको उहाँको भनाइ थियो ।
‘यो कार्यक्रमले आधारभूतदेखि आधुनिक विचार र विधिहरू, तिनका विषयवस्तु तथा अनुप्रयोगहरूलाई समेट्नेछ । कार्यक्रममा कम्प्युटर विज्ञानका स्नातक, स्नातकोत्तर र पिएचडी तहका दुई सय विद्यार्थी तथा एआई क्षेत्रमा काम गर्ने व्यक्तिहरू सहभागी हुन सक्नेछन्”, खत्रीले भने ।
ललितपुरको खुमलटारस्थित प्रिमियर इन्टरनेसनल स्कुलमा हुने कार्यक्रममा विश्वभरका २५ जना वैज्ञानिक र प्राध्यापकहरूले एआईका विविध पक्ष र अवधारणाहरू प्रस्तुत गर्ने कार्यक्रम छ ।
नामीका संस्थापक निर्देशक एवम् अनुसन्धानकर्ता विशेष खनालले नामीले करिब सात-आठ वर्षदेखि अनुसन्धान र विकासमा समर्पित भएर काम गरिरहेको बताउनुभयो । गुणस्तरीय जीवन र मानिसको आवश्यकतालाई परिपूर्ति गर्न सक्ने प्रविधि र ज्ञान दिन सक्ने एआई प्रविधिको विकास गर्नुपर्छ भन्ने ध्येयले यसमा आफूहरूले काम गरिरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्दियाको नवदुर्गा सामुदायिक वनमा ५०० बाँसका बिरुवा रोपिए
-
रोमानियामा एड्रियन भेस्टिया नयाँ प्रधानमन्त्रीमा मनाेनीत
-
पाकिस्तानी दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर, १०० भन्दा बढी लाभान्वित
-
रास्वपाको मेरिटोक्रेसी : पार्टीलाई सहयोग गर्नेलाई १ नम्बर थप
-
प्रजातन्त्रका लागि लडेको कांग्रेसमै निरङ्कुशता सुरु भयो : शेखर कोइराला
-
मंगलबारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण