जापान एयरलाइन्समाथि साइबर आक्रमण
बिहीबार, ११ पुस २०८१, ११ : ४१
टोकियो । जापान एयरलाइन्समाथि साइबर आक्रमण भएको छ । बिहीबार भएको यस आक्रमणका कारण कम्पनीको केही घरेलु र अन्तर्राष्ट्रिय उडानमा ढिलाइ भएका थिए ।
आक्रमण बिहान ७ः२४ देखि सुरु भएको थियो । कम्पनीको आन्तरिक र बाह्य प्रणाली यसको चपेटामा आएका थिए ।
प्रणालीमा समस्या गराउने राउटर आंशिक रूपमा बन्द गरेको अनि बिहीबार छुट्ने उडानको लागि टिकटको विक्री पनि रोकेको कम्पनीले बताएको छ ।
जापानका अन्य प्रमुख विमान सेवा प्रदायक एएनए होल्डिङ्सको प्रणालीमा भने आक्रमणको सङ्केत नदेखिएको कम्पनीका प्रवक्ताले भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ लाख बढीले हेरे ‘लालीबजार’, आम्दानी कति ?
-
रास्वपा महाधिवेशनमा दैनिक ९ क्विन्टलसम्म मटन खपत
-
रातो किताब अध्ययन गर्न समय नपुगेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित
-
गाउँमै सम्भावना खोज्दै बर्दियाका महिला
-
चन्द्रागिरिमा रेबिजका कारण एक पुरुषको मृत्यु
-
बागमतीको बजेटः आफ्नै मापदण्ड लत्याउँदै टुक्रे योजनाको ओइरो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण