करिब तीन वर्षपछि पाकिस्तानको टेस्ट टोलीमा फर्किए मोहम्मद अब्बास
काठमाडौँ । पाकिस्तान र दक्षिण अफ्रिकाबिच दुई टेस्टको शृङ्खला खेलिँदै छ । शृङ्खला अन्तर्गतको पहिलो टेस्ट बिहीबार सेन्चुरियनमा सुरु हुनेछ । यी दुई टोलीबिचको दोस्रो टेस्ट भने जनवरी ३ तारिखदेखि केप टाउनमा सुरु हुनेछ ।
दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्टका लागि घोषित टोलीमा मोहम्मद अब्बासलाई पनि पाकिस्तानी टोलीमा समेटिएको छ । मोहम्मद अब्बासलाई करिब तीन वर्षपछि पाकिस्तानको टेस्ट टोलीमा समावेश गरिएको हो ।
३४ वर्षीय मोहम्मद अब्बासले पछिल्लो पटक सन् २०२१ मा टेस्ट खेलेका थिए । उनले अन्तिम टेस्ट सन् २०२१ को अगस्त २० देखि २४ तारिखम्म किङ्सटनमा वेस्ट इन्डिजविरुद्ध खेलेका थिए ।
दायाँहाते मध्यमतेज गतिका बलर मोहम्मद अब्बासले घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेकाले टोलीमा स्थान पाएका हुन् । उनले २५ टेस्टको ४४ पालीमा कुल ९० विकेट लिएका छन् ।
दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्टका लागि बाबर आजमलाई पनि स्थान दिइएको छ । यसअघि खेलिएको इङ्ल्यान्डविरुद्धको अन्तिम दुई टेस्टमा बाबर आजमलाई टोलीमा समेटिएको थिएन ।
बाबर आजमलाई ओपनर अब्दुल्ला शफिकको स्थानमा टोलीमा समावेश गरिएको हो । दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय शृंखलामा अब्दुल्ला शफिकले गतिलो प्रदर्शन गर्न सकेका थिएनन् ।
पहिलो टेस्टका लागि घोषित पाकिस्तानी टोलीमा शान मसुद (कप्तान), सइम अयुब, बाबर आजम, कमरान घुलम, मोहम्मद रिजवान, साउद शकिल, सलमान अली अघा, आमिर जमाल, नसिम शाह, खुर्रम शहजाद र मोहम्मद अब्बास रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण