माउन्ट एभरेष्ट मोटर स्पोटर्स फेस्टिभल जनवरीको पहिलो साता
काठमाडौँ । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले ‘माउन्ट एभरेष्ट मोटर स्पोटर्स फेस्टिभल’ आयोजना गर्ने भएको छ । फेस्टिभल सन् २०२५ को जनवरी ४ तारिखमा हुनेछ ।
नासा नेपालको आयोजना र बागमती प्रदेश खेलकुद विकास परिषदको सहयोगमा धुलिखेलस्थित हिमालयन मोटरल्यान्डमा आयोजना हुने उक्त फेस्टिभलमा अटोक्रस कम्पिटिसन, अटो जिमखाना, कार्टिङ कप, क्वाड बाइक च्यालेन्ज र स्टन्ट शो गरी पाँचवटा स्पर्धा समावेश गरिएको छ ।
नेपालमा पहिलो पटक हुन लागेको क्वाड बाइक च्यालेन्जमा क्वाड बाइकको कम्पिटिसन सम्बन्धि नियमसमेत सार्वजनिक गरिने छ । स्टन्ट शोअन्तर्गत संघले घोषणा गरेको कार्ययोजना स्टन्ट ब्याटलको घोषणा गरिने र कार्यविधि सार्वजनिक गरिने छ ।
यसैगरी, अटोक्रस नेपालमै मोडिफाई गरिएको क्रसकारको कम्प्लिट रेसिङ हो । त्यसमा नासा नेपालका नेसनल लाइसेन्स प्राप्त ड्राइभरहरुले पहिलो पटक भाग लिने छन् । अटो जिमखानाका दुईजना विजेतालाई अन्तर्राष्ट्रिय सहभागिताको अवसर पनि प्रदान गरिने छ ।
अटो जिमखाना, क्रसकार र काट्र्स गरी तीन खेलका विजेताहरुले क्रमशः २७ हजार, नौ हजार र तीन हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नेछन् । बाँकी दुई इभेन्टका विजेताले भने अवार्ड र सर्टिफिकेट पाउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण