६ जना मृत अवस्थामा फेला
शनिबार, १३ पुस २०८१, १६ : १५

काठमाडौँ । देशका विभिन्न स्थानमा छ जना मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ ।
- धादिङ, धुनिवेशी नगरपालिका-६ नौबिसेस्थित सडक छेउमा कालिकोट तिलगुफा नगरपालिका-९ तिखरखोला बस्ने ६० वर्षीय शिव भक्त उपाध्याय शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
- यसैगरी धादिङ, सिद्धलेक गाउँपालिका-१ बुङचुङस्थित सडक छेउको नालामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- रूपन्देही, बुटवल उपमहानगरपालिका-७ दिपनगरस्थित सिद्बेश्वरी माविको टिटि कोर्टमा कान्छाराम नाम बताउने नेपालगंज घर भएका अन्दाजी २५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
- कास्की, पोखरा महानगरपालिका-६ शान्तिनगर चोकस्थित नालामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- सोलुखुम्बु, सोलुदुधकुण्ड नगरपालिका-३ बोल्दो बस्ने ५७ वर्षीया सुकुमाया तामाङ आफ्नै घर नजिक पाखोमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
- स्याङ्जा, वालिङ नगरपालिका-१० फुलबारीचोकस्थित बारीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जगदुल्लाह हाइड्रोपावर ठेक्काबारे छानबिन गर्नुपर्छ : माओवादी
-
ब्राजिलमा पहिलो पटक व्यक्तिलाई लैंगिक रुपमा तटस्थ घोषित
-
भारत–पाकिस्तान तनाव : अमृतसर विमानस्थल बन्द, विद्यालयहरू पनि बन्द
-
अमेरिकाले अहिलेसम्म पठाएन पत्र, के होला एमसीसी परियोजना ?
-
पाँच शताब्दी पुरानो गुम्बा जीर्णोद्धार
-
मलाई प्यारो छ मेरो जन्मभूमि