६ जना मृत अवस्थामा फेला
शनिबार, १३ पुस २०८१, १६ : १५
काठमाडौँ । देशका विभिन्न स्थानमा छ जना मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ ।
- धादिङ, धुनिवेशी नगरपालिका-६ नौबिसेस्थित सडक छेउमा कालिकोट तिलगुफा नगरपालिका-९ तिखरखोला बस्ने ६० वर्षीय शिव भक्त उपाध्याय शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
- यसैगरी धादिङ, सिद्धलेक गाउँपालिका-१ बुङचुङस्थित सडक छेउको नालामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- रूपन्देही, बुटवल उपमहानगरपालिका-७ दिपनगरस्थित सिद्बेश्वरी माविको टिटि कोर्टमा कान्छाराम नाम बताउने नेपालगंज घर भएका अन्दाजी २५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
- कास्की, पोखरा महानगरपालिका-६ शान्तिनगर चोकस्थित नालामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- सोलुखुम्बु, सोलुदुधकुण्ड नगरपालिका-३ बोल्दो बस्ने ५७ वर्षीया सुकुमाया तामाङ आफ्नै घर नजिक पाखोमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
- स्याङ्जा, वालिङ नगरपालिका-१० फुलबारीचोकस्थित बारीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण