न्यायपरिषद्को संरचनालाई राजनीतिमुक्त बनाउनुपर्छ : न्यायाधीश मल्ल
विराटनगर । सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लले न्यायपरिषद्को संरचनालाई राजनीतिमुक्त बनाउनुपर्ने बताएकी छन् । शनिबार विराटनगरमा आयोजना गरिएको दुई दिने महिला कानुन व्यवसायीहरूको ३१ औँ राष्ट्रिय सम्मेलनमा मल्लले न्यायपरिषद्को संरचनालाई राजनीतिमुक्त बनाउन सकिए न्यायाधीश नियुक्ति सजिलो र सहज हुने बताएकी हुन् ।
न्यायपरिषद्ले निष्पक्ष र स्वतन्त्र भएर न्यायाधीशको नियुक्ति गर्ने गरेको भन्दै उनले बार र बेन्चबिचको विवाद उचित नभएको धारणा राखिन् । मल्लले मेलमिलापलाई प्रभावकारी रूपमा लैजाने सर्वोच्च अदालतको रणनीतिक योजना रहेको जानकारी दिइन् ।
त्यस्तै सम्मेलनलाई सम्बोधन गर्दै सर्वोच्च अदालतका न्यायाधीश सारङ्गा सुवेदीले जनताको न्यायलाई सुनिश्चित गर्न बार र बेन्च बिच सहकार्य हुनुपर्ने धारणा राखिन् । नेपाल बार एसोसिएसन महिला समितिले आयोजना गरेको सो सम्मेलनमा मुलुकभरका ७७ जिल्लाबाट करिब १ हजार प्रतिनिधिहरूको सहभागिता रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई दिनमा १८ लाख बराबरको ड्रागन फ्रुटको कारोबार
-
एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ
-
नेकपा कोशीले बनायो १ हजार ४९९ सदस्यीय समिति, प्रचण्डले गराए शपथ
-
उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न
-
लागुऔषधविरुद्ध झापा प्रहरीको ‘स्वीप अपरेसन’
-
यी हुन् रास्वपाका निर्वाचित ७ पदाधिकारी र ९९ केन्द्रीय सदस्य (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण