प्रधान सेनापतिद्वारा सुदूरपश्चिम पृतना अन्तरगतका युनिटहरूको निरीक्षण
शनिबार, १३ पुस २०८१, १८ : ४४
डोटी । प्रधान सेनापति महारथी अशोक राज सिग्देलले सुदूरपश्चिम पृतना तथा अन्तरगतका युनिटहरूको निरीक्षण भ्रमण गरेका छन् । पुस १२ र १३ गते भएको उक्त भ्रमणको क्रममा उनले उक्त पृतना हेडक्वार्टर तथा अन्तरगतका युनिटहरूको जिम्मेवारी क्षेत्रको वस्तुस्थिति तथा विविध पक्षहरू बारे जानकारी लिएका हुन् ।
निरीक्षण भ्रमणको दौरान प्रधान सेनापतिले बैतडी स्थित श्रीवक्स गुल्म, बझाङस्थित वीरभद्रजंग गुल्म र डोटी जिल्लाको सिलगढी स्थित भैरव प्रसाद गणले सञ्चालन गरिरहेको सामूहिक तालिमको निरीक्षण गरेका थिए । प्रधान सेनापति सिग्देलले सामूहिक तालिमको विविध पक्षहरूका बारेमा जानकारी लिनुका साथै तालिमरत सकलदर्जालाई सम्बोधन समेत गरेको नेपाली सेनाले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीको बजेटमा भएको त्रुटि अर्थमन्त्रीले माफी माग्दै सच्याए
-
कर्णालीका विकास आयोजनामा सरकारको चरम बेवास्ता : सांसद मल्ल
-
महाकाली पारिको दोधारा चाँदनीमा निर्माणाधीन सुक्खा बन्दरगाह हेरेर समृद्धिको सपना सजाउँदै स्थानीय
-
पूर्वाधार मन्त्रालयले याे वर्ष १० खर्बको टेन्डर खुलाउने
-
वडा कार्यालयको केन्द्रसम्म सडक पुग्न अझै ९ वर्ष लाग्ने
-
निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण