प्रधान सेनापतिद्वारा सुदूरपश्चिम पृतना अन्तरगतका युनिटहरूको निरीक्षण
शनिबार, १३ पुस २०८१, १८ : ४४

डोटी । प्रधान सेनापति महारथी अशोक राज सिग्देलले सुदूरपश्चिम पृतना तथा अन्तरगतका युनिटहरूको निरीक्षण भ्रमण गरेका छन् । पुस १२ र १३ गते भएको उक्त भ्रमणको क्रममा उनले उक्त पृतना हेडक्वार्टर तथा अन्तरगतका युनिटहरूको जिम्मेवारी क्षेत्रको वस्तुस्थिति तथा विविध पक्षहरू बारे जानकारी लिएका हुन् ।
निरीक्षण भ्रमणको दौरान प्रधान सेनापतिले बैतडी स्थित श्रीवक्स गुल्म, बझाङस्थित वीरभद्रजंग गुल्म र डोटी जिल्लाको सिलगढी स्थित भैरव प्रसाद गणले सञ्चालन गरिरहेको सामूहिक तालिमको निरीक्षण गरेका थिए । प्रधान सेनापति सिग्देलले सामूहिक तालिमको विविध पक्षहरूका बारेमा जानकारी लिनुका साथै तालिमरत सकलदर्जालाई सम्बोधन समेत गरेको नेपाली सेनाले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईएमएफले पाकिस्तानलाई दियो १ अर्ब डलर
-
नारायण र स्वरूपराजको सहकार्यमा ‘स्वार्थी संसार’ सार्वजनिक
-
प्रस्ट कार्ययोजना र प्रतिवद्धतापछि मात्रै संसद् भवनको म्याद थप हुन्छ : उपप्रधानमन्त्री सिंह
-
प्रिमियरमा ‘के घर के डेरा : घर नं २’ हेरेपछि सर्वसाधारणले के भने ?
-
खोला एकातिर पुल अर्कोतिर !
-
अखिल (क्रान्तिकारी) काठमाडौँ महानगर समितिद्वारा मैत्रीपूर्ण फुटसल आयोजना