बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
संसद् बैठक

पूर्वाधार मन्त्रालयले याे वर्ष १० खर्बको टेन्डर खुलाउने

बिहीबार, ०४ असार २०८३, १४ : १८
बिहीबार, ०४ असार २०८३

सारांश

  • सङ्घीय सरकारले यो वर्ष १० खर्ब रुपैयाँ बराबरको टेन्डर खुलाउने भएको छ।
  • मन्त्री लम्सालले तीन वर्षका लागि एकै पटक टेन्डर गर्न लागिएको बताए।
  • यसले ठेक्का लगाउँदा लाग्ने समय बचत हुनेछ।

काठमाडौँ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले पूर्वाधार विकास मन्त्रालयले यो वर्ष १० खर्ब रुपैयाँ बराबरको टेन्डर खुलाउने बताएका छन्। प्रतिनिधि सभामा विनियोजन विधेयकमा मन्त्रालयगत छलफलमा जवाफ दिँदै उनले यस्तो बताएका हुन् । 

उनले अहिले मन्त्रालयको बजेट २ खर्ब ८६ अर्ब रुपैयाँ मात्रै भए पनि तीन वर्षका लागि एकै पटक टेन्डर गर्न लागिएको बताए। उनले टेन्डर गर्दा चालु वर्षकै दररेटमा गर्ने गर्ने र मूल्य वृद्धिका आधारमा यसलाई स्वतः समायोजनको व्यवस्था गर्ने बताए। 

उनले पहिलो ६ महिना टेन्डरकै लागि समय लाग्ने भएकोले यो वर्ष बजेट कम देखिएको बताए । तीन वर्षको ठेक्का एकै पटक लगाउँदा यसले २०/२२ महिना लाग्ने समय ६/७ महिनामा झर्ने भन्दै यसले बाँकी अवधि बचत गर्ने बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप